शुक्रबार, चैत १६, २०८०
12:41 | १८:२६

फेसबुकबाट चिनजान गरी महिलालाई कम्बोडिया पुरयाएर बिक्रि

रासस जुलाइ ८, २०२१

काठमाडौँ, २४ असार– फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुरयाएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टा, भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुरयाएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुरयाएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू