मंगलबार, वैशाख ४, २०८१
19:03 | २३:४८

दिपक श्रेष्ठ दोस्रो चरणको चुनावी अभियानमा, जुटाए स्विन्डनमा समर्थन

नेपाली लिङ्क जुलाइ ७, २०२१

लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी दिपक श्रेष्ठले आफ्नो दोस्रो तथा अन्तिम चरणको चुनावी अभियान शुरु गरेका छन् ।

सोही अभियानको पहिलो दिन दिपक श्रेष्ठ जिताउँ अभियानले मंगलबार बेलायतको स्वीन्डन क्षेत्रका सामाजिक अभियन्ताहरुसँग अन्तरक्रिया गरेको छ ।  

अध्यक्ष प्रत्यासी श्रेष्ठसंगको छलफलमा नेपाली समाज  विल्शायरका वर्तमान अध्यक्ष ज्ञान गुरूङ, नेपाली समाज विल्शायरका पूर्व अध्यक्ष तथा क्षेत्री समाज यूकेका निवर्तमान अध्यक्ष राजन क्षेत्री, नेपाली समाज विल्शायरका सल्लाहकार रमेश बांस्तोला, नेपाली समाज विल्शायरका सल्लाहकार तथा क्याट यूकेका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठ, नेपाली समाज  विल्शायरका कोषाध्यक्ष रूपेश राउत, नेपाली समाज  विल्शायरका राममणि रिजाल लगायतका अभियन्ताहरुको सहभागिता थियो ।  

त्यस अवसरमा स्थानीय अभियन्ताहरुले एनआरएनए यूकेको भावी नेतृत्वका लागि दीपक श्रेष्ठको उम्मेदवारीमा समर्थन जनाउँदै साथ र सहयोगको आश्वासन दिए ।  

एनआरएनएसहित अन्य सामाजिक क्षेत्रमा पनि  इमान्दारीपूर्वक काम गरेर आफूलाई प्रमाणित गरेका श्रेष्ठले एनआरएनए यूकेलाई पनि सफल नेतृत्व दिन सक्ने विश्वास उनीहरुले व्यक्त गरे ।  

एनआरएनए संस्थाको ठुलो महत्व र गरिमा हुँदाहुँदै पनि यसप्रति आम सर्वसाधारणको आकर्षण घट्दै गएकोतर्फ भने नेतृत्वकर्ताहरु सचेत बन्नुपर्ने उनीहरुको धारणा थियो ।  

स्थानीय अगुवाहरुमाझ अध्यक्ष प्रत्यासी श्रेष्ठले समुदायले चाहेअनुसारकै एनआरएनए निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘काम गर्ने क्षमता, नियत र अठोट सबै भएको मान्छेलाई ठाउँमा पुर्‍याउनुहोस् । अनी राम्रो काम मात्र होइन, संस्था पनि सबैले खोजेको र रोजेको जस्तै बन्न सम्भव छ’- उनले भने ।  

आफ्नो चुनावी अभियानमा स्विन्डनमा बस्ने नेपालीहरुको तर्फबाट प्राप्त सहयोग र समर्थनले आफू थप उत्साहित बनेको बताउँदै श्रेष्ठले विल्शायर नेपाली समाज एवम् स्थानीय अभियन्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।  

उक्त अवसरमा ‘दिपक श्रेष्ठ जिताउँ अभियान’ बाट पाशा पुच गुठी यूकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठ, साउथ इष्ट लन्डन रिजेनल तमुधिका अध्यक्ष एवम् एनआरएनए यूके कार्यसमिति सदस्य ह्यारी गुरुङ, क्याट यूकेका निवर्तमान अध्यक्ष जिवन सेन लगायत पनि उपस्थित थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू