बिहीबार, वैशाख ११, २०८२
रोहिजले जन्मदिनमा अनाथ बालबालिकालाई गरे सहयोग


नेपाली लिङ्क
जुलाइ ५, २०२१

लन्डन । बेलायत बस्ने ९ वर्षीय बालक रोहिज राईले आफ्नो जन्मदिन मनाउन खर्च हुने पैसा नेपालका अनाथ बालबालिकालाई पठाएका छन् । रोहिजले पवित्र समाज सेवा नेपाल, बुढानिलकण्ठ-४, काठमाण्डौंमा आश्रित बालबालिकालाई सहयोग गरेका हुन् ।
रोहिज एनआरएनए यूके अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राई र सामाजिक अभियन्ता हिराधन राईको एकमात्र सन्तान हुन् ।
‘बाबुले म यहां जन्मदिन मनाएर गर्ने खर्च बरु नेपाल दुःख पाएका बालबालिकालाई पठाउंछु भन्यो । हामीले त्यसमा झन् प्रेरित गरयौं’, आमा रोजिनाले भनिन्, ‘अघिल्लो वर्ष पनि उसले सहयोग गरेको थियो, उसको खुशी नै हामी बाबु आमाको खुशी रहेछ ।’
रोजिनाले बेलायतमा जन्मिएका नयां पुस्तालाई मातृभूमिप्रति आकर्षित गर्न जरुरी रहेको बताउंदै यसमा अभिभावकको प्रमुख जिम्मेवारी रहने बताइन् ।
पवित्र समाज सेवा नेपालकी सञ्चालिका दीक्षा चापागाईंले उनलाई जन्मदिनको धेरै शुभकामना दिंदै भनेकी छन्, ‘असल बाबु आमाको असल सन्तान तिमी धेरै ज्ञानी छौ । धेरै पढेर कुनै दिन यो देशको सेवा गर्ने नै छौ । श्रवण कुमारले झैं बाबु आमाको सेवा गर्न सक, सधैं सधैं सुस्वास्थ्य दीर्घायूको शुभकामना छ ।’
चापागाईंले रोहिजका आमा बाबु रोजिना हिराधन राईप्रति पनि आभार व्यक्त गरेकी छन् । ‘बेलायतमा बसे पनि सधैं आफ्नो देश र समाज प्रति हुरुक्क हुने र सहयोग गर्न आफनो कर्तव्य र दायित्व ठान्ने हजुरहरुले हाम्रो यस परोपकारी घरमा समय समयमा गरेको सहयोग धेरै नै महत्वपूर्ण छ । यस पाली पनि बाबुको जन्मदिनको अवसरमा सहयोग पठाउनु भएकामा धेरै खुशी व्यक्त गर्न चाहन्छु । साथै एनआरएनए यूके अध्यक्षकी उमेद्धवार हजुरलाई अग्रिम शुभकामना दिन चाहन्छु ।’

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५