शुक्रबार, चैत १६, २०८०
05:45 | ११:३०

एनआरएनए स्कटल्याण्ड राज्य परिषदको पहिलो महाधिवेशन जुलाई १२ मा

नेपाली लिङ्क जुलाइ ५, २०२१
स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो महाधिवेशन यही जुलाई १२ मा हुने भएको छ ।
सोमबार सम्पन्न परिषदको पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको परिषदका एकजना बोर्ड सदस्य विदुर खत्रीले नेपाली लिंकलाई जानकारी दिए ।
एनआरएनए यूकेको विधान २०१७ को परिच्छेद ९ (क) को वैधानिक व्यवस्थाअनुसार एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो महाधिवेशन आयोजना गर्न लागिएको बताइएको छ ।
यसअघि जुन २७ मा बसेको स्कटल्याण्ड राज्य समन्वय परिषदको कार्यसमिति, सल्लाहकार, केन्द्रीय उपाध्यक्ष, संरक्षक तथा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि समेतको संयुक्त बैठकले निर्वाचन समिति गठनको निर्णय गरिसकेको छ । डा. राम प्रसाद बगालेको अध्यक्षतामा डा नारायणप्रसाद श्रेष्ठ र डा केशव भट्टराई सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
गैरआवासीय नेपाली संघलाई संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था बनाउने अभियानमा सहभागी हुँदै स्कटल्याण्ड राज्य समन्वय परिषद्लाई स्वायत्त र अधिकारसम्पन्न बनाउने अभियानमा महाधिवेशन र निर्वाचनबाट थप बल पुग्ने परिषदको विश्वास छ ।
तर महाधिवेशन र निर्वाचन तयारीका क्रममा परिषदको आधिकारिक निर्णयविपरित यूकेभित्रका राज्यहरुकै प्रतिनिधित्व गर्ने जिम्मेवार उपाध्यक्षहरूबाट एनआरएन यूकेको बैठकमा विरोध गरिएको विषयलाई कार्यसमितिको ५ जुलाईमा बसेको पूर्ण बैठकले घोर भर्त्सना गर्दै खेद प्रस्ताव सर्वसम्मतिबाट पास गरेको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू