शुक्रबार, चैत १६, २०८०
06:08 | ११:५३

धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्व गोलमानलाई

नेपाली लिङ्क जुलाइ ५, २०२१

लन्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन्   

गत शनिबार अल्डरसटमा सम्पन्न १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गोलमान गुरुङलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । 

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा भगवान गुरुङ, दोश्रो उपाध्यक्षमा आई बहादुर गुरुङ, सचिवमा श्रीमती हरिमाया (भावना) गुरुङ, सह-सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा राम बहादुर गुरुङ, सह-कोषाध्यक्षमा टिका (बोता) गुरुङ, साँस्कृतिक संयोजकमा श्रीमती पवित्र गुरुङ, साँस्कृतिक सह-संयोजकमा श्रीमती मिना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा हर्क गुरुङ र याम गुरुङ निर्विरोध निर्वाचित भएका छन् 

त्यस्तै, कार्यसमितिमा सदस्यहरुमा थमन गुरुङ, अमृतमान गुरुङ, नमराज गुरुङ, दिपेन्द्र गुरुङ र विकास गुरुङ छन् ।

यसअघि धम्पुस पोखरी घोताने परिवार यूकेलाई ३ जना अध्यक्षहरु क्रमश: दुर्गमल गुरुङ, गुप्त बहादुर गुरुङ र गम बहादुर गुरुङले नेतृत्व गरिसकेका छन् । 

पहिलो चरणको वार्षिक साधारणसभामा  कोषाध्यक्ष आई बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव भगवान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सदस्यहरुले संस्थाको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भएका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गरेका थिए । 

उनीहरुले कार्यकाल पूरा गरेको तेश्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष गम बहादुर गुरुङले धन्यवाद मन्तव्य राख्दै तेश्रो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।

दोश्रो चरणमा परिवारको चौथो कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङ, निवर्तमान अध्यक्ष गुप्त बहादुर गुरुङ, परिवारको सबैभन्दा जेष्ठ नागरिक ले. रि. जस बहादुर गुरुङ र सहारा यूकेका अध्यक्ष कुमार गुरुङले चौथौ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचित समिति घोषणापश्चात निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई सफल बनाइदिएकोमा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । त्यसैगरि सल्लाहकार एवम् सहारा यूकेका वर्तमान अध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तव्य दिए ।

संस्थाका नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष गुरुङ तमु समाज केन्ट यूके र धम्पुस परिवार यूकेका वर्तमान महासचिव पनि हुन् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू