बुधबार, वैशाख १२, २०८१
04:03 | ०८:४८

क्याट यूकेमा चुनियो नयाँ नेतृत्व, अध्यक्षमा पाण्डे विजयी

नेपाली लिङ्क जुलाइ ४, २०२१

अध्यक्ष निर्वाचित रितेशराज पाण्डे (तस्विर- प्रकाश कंडेल)

लन्डन । चितवन एड ट्रस्ट ( क्याट) यूकेले नयाँ नेतृत्व पाएको छ । आइतबार सम्पन्न निर्वाचनबाट संस्थाको नवौं कार्यसमितिमा रितेशराज पाण्डे निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेद्वार शालिक सापकोटालाई १८ मतले पछि पार्दै पाण्डे अध्यक्षमा विजयी भए । 

निर्वाचन समितिका संयोजक राजेन्द्र खरेलका अनुसार विजयी पाण्डेले १ सय २६ मत प्राप्त गर्दा सापकोटाले १ सय ८ मत ल्याए ।  

त्यसैगरी, कार्यसमितिको तीन उपाध्यक्षमा राजु आचार्य, तोयानाथ (टिएन) रिजाल र रघु दाहाल विजयी भएका छन् । उनीहरुले क्रमश: १ सय ४०, ९८ र ९० मत प्राप्त गरे ।  

उपाध्यक्षमा पराजित उम्मेदवारहरु उपेन्द्र पौडेलले ६६, पार्वती पाण्डेले ५५ र राम भट्टराईले ५०  मत पाए ।  

महासचिव पदमा रमेश श्रेष्ठले १ सय १६ मतसहित जीत हासिल गरे । उनका प्रतिस्पर्धी शान्ताविनोद लामिछानेको १ सय मत आयो ।  कोषाध्यक्ष पदमा डा सुरजमणि पौडेल १ सय २४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी किशोर श्रेष्ठको ९७ मत आयो ।  

निर्वाचनमा कुल २ सय ३८ मत खसेको थियो ।  

यसअघि कार्यसमितिका अन्य पद निर्विरोध भएपनि अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचन गराइएको थियो ।  अध्यक्षमा २, तीन उपाध्यक्षमा ६, महासचिवमा २ र कोषाध्यक्षमा २ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।  

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक राजेन्द्र खरेलले शपथ ग्रहण गराएका थिए भने निवर्तमान समितिका अध्यक्ष जीवन सेनले खादा र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।  

नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू