शुक्रबार, वैशाख १४, २०८१
13:48 | १८:३३

पहिलोपटक युरो च्याम्पियन बन्ने दाउमा इंग्ल्याण्ड

नेपाली लिङ्क जुलाइ ४, २०२१

कप्तान ह्यारी केन

लन्डन ।  शनिबार इटलीको राजधानी रोममा सम्पन्न खेलमा युक्रेनलाई ४-० को फराकिलो अन्तरमा हराएसंगै इंग्ल्याण्डको युरो च्याम्पियन बन्ने सपना एक कदम अघि बढेको छ ।  

चिर प्रतिद्वन्दी जर्मनीलाई हराउँदै युरोकप क्वार्टरफाइनल प्रवेश गरेको इंग्ल्याण्ड अब उपाधिका लागि मात्रै २ जीत टाढा छ ।  

शनिबार शानदार जीत हुँदै सेमिफाइनल प्रवेश गरेलगत्तै प्रशिक्षक ग्यारेथ साउथगेटले भनेका छन्, ‘हामी हाम्रो लक्ष्यबाट मात्र २ स्टेप टाढा छौं र आशावादी पनि छौं कि हामी त्यहाँ पुग्नेछौं ।’

२५ वर्षमै पहिलोपटक इंग्ल्याण्ड यसपटक युरोकपको सेमिफाइनल पुग्न सफल बनेको छ । सन् १९९६ यता इंग्ल्याण्डको हरेक युरोकप यात्रा सेमिफाइनल अगावै टुंगिएको थियो ।  

आउंदो बुधबार साँझ वेम्बलीस्थित आफ्नो घरेलु मैदानमा इंग्ल्याण्डले डेनमार्कसँग सेमिफाइनल खेल्दैछ । उक्त खेलमा विजयी हुन सके जुलाई ११ आइतबार वेम्बलीमै तय फाइनल खेलमा आइ इंग्ल्याण्डले यही मंगलबार इटली र स्पेनबीच हुने अर्को सेमिफाइनल खेलको विजेताको सामना गर्नेछ ।  

अहिलेसम्म इंग्ल्याण्डले युरोकप उपाधि जित्न सकेको छैन । त्यसो त युरोकपको फाइनलमा समेत इंग्ल्याण्डले अहिलेसम्म आफ्नो ठाउँ बनाउन सकेको छैन । यसअघि सन् १९९६ मा सेमिफाइनल पुगेको इंग्ल्याण्ड जर्मनीसँग पराजित भएको थियो ।  

अहिलेसम्म अधुरो रहेको रेकर्डसहित नयाँ इतिहास निर्माणको अवसर अहिले इंग्ल्याण्डसामू छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू