सोमबार, वैशाख २४, २०८१
12:22 | १७:०७

एनआरएनए यूके सदस्यता: छुटपुट कागजात पेश गर्ने म्याद बुधबारसम्म

नेपाली लिङ्क जुन २९, २०२१

लन्डन । एनआरएनए यूकेको सदस्यताका लागि छुटपुट कागजात बुझाउन बुधबारसम्मको म्याद तोकिएको छ ।  

आवश्यक कागजात अभावमा ‘भेरिफाइ’ हुन नसकी ‘पेन्डिङ’ राखिएका आवेदनहरुका लागि जुन ३० बुधबार बेलुकासम्मको अन्तिम समयसीमा उपलब्ध गराइएको एनआरएनए यूकेले जनाएको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले सोमबार एक वक्तव्य जारी गर्दै सदस्यता भेरीफिकेसन टीमको निर्णयअनुसार बुधबारसम्म छुटपुट कागजात अपलोड गर्ने मौका दिइएको हो । उक्त समयभित्र पनि आवश्यक कागजात पेश नगर्ने आवेदकहरुको आवेदन स्वीकृत नहुने स्पष्ट पारिएको छ ।  

एनआरएनए यूकेको सदस्यता आवेदनका लागि निर्धारित समयभित्र प्राप्त आवेदनहरुमध्ये एक सयभन्दा बढीको आवश्यक कागजात, फोटो आदि पूर्ण नरहेकाले ‘पेन्डिङ’ मा राखिएको जनाइएको छ ।  

यसपटक एनआरएनए यूकेले पहिलोपटक आइसीसीको ‘एमआइएस’ प्रविधिमार्फत् अनलाइन सदस्यता वितरण गरेको हो । सदस्यताका लागि कुल ११ हजार ६ सय ४२ आवेदन प्राप्त भएको एनआरएनए यूकेले बताएको छ ।  

संस्थाको नयाँ कार्यसमितिको लागि आगामी जुलाई ३१ मा निर्वाचन तय छ ।  

वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू