मंगलबार, वैशाख २५, २०८१
00:55 | ०५:४०

बेलायतमा नेपाली व्यवसायीको औरा केयर होम तेश्रो वर्षमा

नेपाली लिङ्क जुन २४, २०२१


लन्डन । नेपाली व्यवसायीहरुले लगानी गरेको औरा केयर होमले स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । औरा केयर लिमिटेडले सन् २०१८ मा वेल्सको स्वान्सीमा शुरु गरेको टाई भिक्टोरिया नर्सिङ होमले गत २० जुनमा एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको हो ।

उक्त समारोहमा नर्सिङ होमका निर्देशकहरु विनोदविकास सिम्खडा र प्रभुराम न्यौपाने एवं शेयरहोल्डरहरु बासु लामिछाने, दीपक सिम्खडा, अश्विन नेपाल, फडिन्द्र पाण्डे, ऋषि खनाल, निर्मला सिम्खडा, प्रदीप सापकोटा र धर्म शोभा महर्जनको उपस्थिति थियो ।

कोभिड १९ महामारीले समग्र व्यवसायमा प्रतिकुल असर गरेपनि शेयरहोल्डरहरुको सहयोगका कारण व्यवसाय नाफामा गएको निर्देशक विनोदविकास सिम्खडाले जनाए । उक्त समूहले नर्सिङ होम आफ्नो स्वामित्वमा लिएपछि सुविधा विस्तार र रेटिङमा धेरै प्रगति गरेको पनि उनले बताए ।

सो अवसरमा भएको साधारणसभाले वर्षदिन भित्र अर्को नर्सिङ होम खरिद गर्ने निर्णय पनि गरेको छ ।
कम्पनी सञ्चालकहरुमा स्वास्थ्य र आर्थिक क्षेत्रमा राम्रो दख्खल छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू