शनिबार, वैशाख ८, २०८१
15:45 | २०:३०

बेलायतमा एकैदिन १६ हजार बढी संक्रमित

नेपाली लिङ्क जुन २३, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको थियो । यससंगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ ।

हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसंगै संक्रमण दर  उकालो लागेको हो । बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन् ।

बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १९ संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार २७ पुगेको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रका अनुसार भने झन्डै एक लाख ५३ हजारको मृत्यु भएको राष्ट्रिय तथ्यांकको कार्यालयले उल्लेख गरेको छ ।

बेलायतमा करोड ५१ लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड ५१ लाख ८८ हजार भन्दा बढी डोज खोप वितरण भएको छ । जुन २२ सम्मको तथ्यांक अनुसार यहाँ ६० दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८२ दशमलव ५ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ५१ लाख ८८ हजार ७९५ डोज खोप वितरण भइसकेको छ ।

जसमध्ये चार करोड ३४ लाख ४८ हजार ६८० जनाले पहिलो र तीन करोड १७ लाख ४० हजार ११५ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू