शनिबार, वैशाख ८, २०८१
22:20 | ०३:०५

बेलायतमा गत फेब्रुअरीपछि सोमबार सबैभन्दा धेरै संक्रमित   

रासस-सिन्ह्वा जुन २३, २०२१

फाइल तस्विर

लण्डन– बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी महिना यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको हो ।

यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । २४ घन्टा यता यतिधेरै सङ्क्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक हो ।  

पछिल्ला यी सङ्क्रमितहरु समेत गरी आजसम्म बेलायतमा सङ्क्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको छ । त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ । यो समेत गरी बेलायमा यस सङ्क्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ । 

उता सरकारले कोरोना भाइरसको संक्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरु हटाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरु हटाउने प्रक्रियामा रहेको बताएका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू