शुक्रबार, चैत १६, २०८०
01:16 | ०७:०१

सर्वोच्चको निर्णय दु:खद भएको प्रवासी नेपाली एकता मञ्च यूकेको ठहर

नेपाली लिङ्क जुन २३, २०२१

लन्डन। प्रवासी नेपाली एकता मञ्च-यूकेले मंगलबार सर्वोच्चद्वारा गरिएको निर्णयप्रति दु:ख व्यक्त गरेको छ । नेपालको मन्त्री परिषद् पुनर्गठनलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयप्रति दु:ख व्यक्त गर्दै मञ्चका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजङ्ग शाहद्वारा बुधबार जारीविज्ञप्तिमा सर्वोच्च न्यायालयको यो निर्णय देश र जनताका लागि अप्रत्याशित र क्षतिपूर्ण भएको उल्लेख छ ।

देशको राज्यप्रशासन सञ्चालनमा कार्यकारी प्रमुखको निहित अधिकारलाई नियोजित गर्न खोजेर सर्वोच्च न्यायालयले हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ ।

अदालतको सो  निर्णयले कोभिड १९ को महामारीमा समेत प्रत्यक्ष असर पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ-

हिजो जुन २२ गते नेपालको सर्वोच्च अदालतद्वारा नेपालको मन्त्रीपरिषद् पुनर्गठनलाई बदर गर्ने निर्णय देश र जनताका लागि अप्रत्याशित र क्षतिपूर्ण भएको प्रवासी नेपाली मञ्च–यूके ठहर गर्दछ । सर्वोच्चको यस निर्णयबाट देश विकास र कोभिड महामारी नियन्त्रण गर्नमा समेत असर पुर्याएको छ ।

देशको कार्यकारिणी प्रमुखको राज्यप्रशासन सञ्चालन गर्ने निहित अधिकारलाई नियोजित गर्न खोजेर न्यायलयले कार्यपालिका माथी ठाडो हस्तक्षेपकारी भूमिका देखाएको छ र यस निर्णयले जनतालाई दु:खी तुल्याएको छ ।

भक्त गुरुङ

अध्यक्ष

सुरेशजंग शाह

महासचिव, प्रवासी नेपाली एकता मञ्च यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू