मंगलबार, चैत ६, २०८०
11:57 | १७:४२

रेडिङ नेपाली समाजको सहयोगमा ५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपालमा

नेपाली लिङ्क जुन १८, २०२१

लन्डन । रेडिङ नेपाली समाज (जी आर एन सी ए) ले नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिंदै स्वास्थ्य उपकरण नेपाल पठाएको छ । समाजले प्रति मिनेट १० लिटर क्षमताको ५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको हो ।

समाजका अध्यक्ष टेक गुरुङका अनुसार, नवलपरासी डांडा सुस्ता पूर्वस्थित मध्यविन्दु जिल्ला अस्पताललाई ति कन्सनट्रेटर हस्तान्तरण गरिसकेको छ । नेपालमा रहेका स्वयंसेवक तथा संयोजक डा. पुष्पमणी खरालको संयोजनमा गत १४ जुनमा अस्पताललाई उपकरण दिइएको हो ।

जीआरएनसीएले कोभिड १९ महामारीका बेला महावीर पुनको च्यारिटी संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख रुपैयां सहयोग गरेको थियो ।

सन् २००१ मा स्थापित उक्त संस्था सन् २००८ मा च्यारिटी कमिसनमा दर्ता भएपछि यसले सामाजिक कार्यलाई तीव्रता दिइरहेको छ ।

समाजका ५५ स्वयंसेवकहरुको टिमले रेडिङ र हवीट्ली पिसिएन सेन्टरमा १८ हप्ता भन्दा बढी स्वयंसेवा गरेपछि ‘पिपुल्स् अवार्ड’ समेत पाएको थियो । समाजका कार्यवाहक महासचिव मणी सुवेदीमार्फत स्वयंसेवा भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू