मंगलबार, चैत ६, २०८०
09:30 | १५:१५

पत्रकार महासंघ बेलायतको नयां कार्यसमितिलाई बधाइ तथा शुभकामना

नेपाली लिङ्क जुन १७, २०२१

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले नेपाल पत्रकार महासंघ यूकेको पाँचौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ ।

परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र महासचिव वीरेन्द्र कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरि बेलायतस्थित समस्त साहित्यकार तथा सर्जकहरूको तर्फबाट सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरिएको छ ।

परिषदले सफलतापूर्वक आफ्नो दुई कार्यकाल पुरा गरेका निवर्तमान अध्यक्ष नरेशखपांगी मगर र उनको कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति सराहना समेत ब्यक्त गरेको छ ।

गत आइतबार सम्पन्न शाखाको पांचौं अधिवेशनले ध्रुवराज अर्यालको अध्यक्षतामा नयां कार्यसमिति निर्वाचित गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, महिला उपाध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्रकुमार बस्नेत, सचिव मञ्जु भण्डारी खरेल, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरूङ, सह-कोषाध्यक्ष सुरेन्द्र इङ्नाम र कार्यकारिणी सदस्यहरुमा गोमा राना, नरेन्द्रराज नेम्वाङ र जयराम तामाङ छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू