बुधबार, वैशाख १२, २०८१
06:07 | १०:५२

बेलायतमा संक्रमण दर निरन्तर बढ्दै, एकैदिन ९ हजार बढी संक्रमित

नेपाली लिङ्क जुन १६, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणदर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ९ हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ ।

कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै वृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ९२६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या १७३ छ  भने हाल एक हजार १७७ जनाको अस्पतालमा उपचार भइरहेको छ । हाल २०६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा करोड २४ लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड २४ लाख ६१ हजार भन्दा बढी डोज खोप वितरण भएको छ । पछिल्लो जानकारी अनुसार यहाँ ५७ दशमलव ८ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज र ७९ दशमलव ८  प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड २४ लाख ६१ हजार ४६२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड २० लाख २१ हजार ८९ जनाले पहिलो र तीन करोड ४ लाख ४० हजार ३७३ जनाले दोस्रो डोज लगाएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू