शनिबार, वैशाख ८, २०८१
13:14 | १७:५९

युवा उद्यमी खरेलले कोभिड पीडितका लागि पठाए ३ लाख ४० हजार

नेपाली लिङ्क जुन १२, २०२१

लन्डन । बेलायतस्थित एक युवा उद्यमी तथा एनआरएनए अभियन्ता विष्णु खरेलले नेपालमा कोभिड महामारीबाट पीडितहरुका लागि आर्थिक सहयोग गरेका छन् । खरेलले ग्रेसटस्थित आफ्नै बेलिफ रेष्टुरेन्टमा च्यारिटी गरि ३ लाख ४० हजार रुपैयां नेपाल पठाएका हुन् ।

‘हामी नेपाली युथ अर्गनाइजेसन’ नामक च्यारिटी संस्थामार्फत उक्त सहयोग रकम सम्बन्धित ठाउंमा पुगिसकेको छ ।

‘नेपालमा अहिले कोभिड महामारीले जनजीवन निकै कष्टपूर्ण छ । यस्तो अवस्थामा पीडितहरुको मुहारमा खुशी ल्याउन सानै भएपनि सहयोगको जमर्को गरेको हुं’, खरेलले भने । यसअघि उनले गत फेब्रुअरीमा पनि आफ्नो रेष्टुरेन्टमा च्यारिटी डिनर गरि सहयोग जुटाएका थिए ।

एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्षका प्रत्यासी खरेलले बेलायत र नेपालमा बेला बेला च्यारिटी गर्दै आएका छन् । समाजसेवीको नाममा स्वप्रचार र स्वार्थपूर्ति गर्न उद्यत जमातको घोर विरोधी हुन् उनी ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू