शुक्रबार, चैत १६, २०८०
05:51 | ११:३६

पत्रकार महासंघ यूकेमा पोस्टलतर्फ शत प्रतिशत मत खस्यो, प्रत्यक्ष मत दिन पाँच जना बांकी

कुल मतदाताको ८८ दशमलव ३७ प्रतिशत मत खस्यो

नेपाली लिङ्क जुन १०, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको पाँचौँ कार्यसमितिका लागि यही १३ जुनमा हुने निर्वाचनमा पोस्टलतर्फ शत प्रतिशत मत खसेको छ ।

मतदानका लागि पोस्टल मतपत्र मागेका सबै ३८ मतदाताले मतदान गरी आफ्नो मतपत्र निर्वाचन समितिलाई पठाइसकेको प्रमुख निर्वाचन आयुक्त रमेश सराङकोटीले जानकारी दिए ।  

पोस्टल मतपत्र बिहीबार साँझ ५ बजेसम्म निर्वाचन समितिमा पुगिसक्नुपर्ने गरी तोकिएको समयसीमाभित्रै सबै मतपत्र प्राप्त भएको सराङकोटीले जनाए ।  

यससंगै, पत्रकार महासंघ बेलायतका कुल ४३ मतदातामध्ये पोस्टल मतपत्र माग्ने सबै अर्थात् कुल मतदाताको ८८ दशमलव ३७ प्रतिशतको मत खसिसकेको छ । 

पोस्टल मतदान नगर्ने बांकी पाँच जनाले यही आइतबार प्रत्यक्ष मतदान गर्दैछन् । प्रत्यक्ष निर्वाचनमा मतदान गर्नेहरुमा श्यामकुमार लुइंटेल, बिमला सेने, एभरेष्ट गौतम, सन्जयभक्त कंडेल र विपिन निरौला छन् ।

शाखाको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा दुई-दुई  जना गरि ६ जना उम्मेद्वार निर्वाचनको मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

कोरोना महामारीका कारण सिर्जित प्रतिकुल परिस्थिति समेतलाई मध्यनजर गर्दै पत्रकार महासंघ बेलायतमा यो वर्ष पहिलोपटक पोस्टल मतदानको अभ्यास गरिएको हो ।  

प्राय सबै पदहरुमा निर्विरोध भएपनि अध्यक्ष पदमा ध्रुवराज अर्याल र श्याम लुइंटेल, वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार परियार र संजयभक्त कंडेलबीच प्रतिस्पर्धा हुँदै छ भने नरेन्द्रकुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ कार्की महासचिवका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघि शाखाको खुला उपाध्यक्षमा शिव भण्डारी र महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध भइसकेका छन् । त्यस्तै, दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सह-कोषाध्यक्षमा सुरेन्द्र इङनाम पनि निर्विरोध भएका छन्   ६ सदस्यको ठाउँमा गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङ पनि निर्विरोध बनेका छन् ।

आउँदो जुन १३ मा हुने शाखाको अधिवेशनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष (१ महिला), १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष, १ सह-कोषाध्यक्ष र ६ सदस्य गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौं अधिवेसनको प्रत्यक्ष मतदानमा कोभिड १९ बाट बच्न अपनाइने उपायहरु, मतगणनासम्बन्धी नियमावली तथा प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली यस प्रकार छ:

१. अन्तिम मतदाता सूचीमा रहेका र हुलाकबाट मतपत्र नमगाएका सदस्यहरुले मात्र प्रत्यक्ष निर्वाचनमा भाग लिन पाउनेछन् । प्रत्यक्ष मतदान गोल्डेन सीप नेपाली चुल्हो साउथ ह्यारो लण्डन 500 Northolt Rd, South Harrow, Harrow HA2 8HA मा दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।

२. सबै मतदाताहरुले मतदान गरे पश्चात तुरुन्तै मतगणना आरम्भ गरिनेछ ।

३. मतदान स्थलमा एकपटकमा बढीमा दुईजना मतदातालाई मात्र प्रवेश दिइनेछ । मत दिएपछि हलबाट बाहिरनिस्कनुपर्ने छ ।

४. मतदान हलभित्र फेस मास्क वा फेसशिल्ड अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।

५. मतदान स्थलमा प्रवेश गर्ने र मतदान गरेर निस्कने स्थानहरुमा ह्याण्ड स्यानिटाइजरहरु राखिने छन् ।

६. मतदान गर्दा हरेक मतदातालाई एउटा कलम दिइनेछ र सो कलम अर्को मतदातालाई प्रयोग गर्न दिइने छैन ।

७. मतपत्रबाट हुनसक्ने संक्रमणबाट बच्न मतदातालाई मतदान गर्दा लेटेक्स पञ्जाको व्यवस्था गरिने छ । मतदान स्थलमा सामाजिक दूरी कायम गरिनेछ । मतदान स्थलमा एकपटकमा बढीमा ६ जनामात्र भेला हुने छन् ।

८. सार्वजनिक सवारीसाधन प्रयोग गर्दा वा सेयर गरेर आउँदा भाइरस सर्न सक्ने खतरालाई ध्यानमा दिँदै मतदाताहरुलाई मतदानमा आउँदा निजी सवारीसाधन प्रयोग गर्न सल्लाह दिइन्छ ।

९. यदि तपाईलाई सञ्चो छैन र कोभिड संक्रमणको आशंका छ भने कृपया मतदान गर्न नआउनुहोला ।

१०. मतदान हुने स्थानमा बेलायत सरकारको मापदण्डअनुसारको क्यूआर कोड हुनेछ र सो स्क्यान गरी कन्ट्याक्ट ट्र्यासिङमा सहभागी हुन सक्नुहुनेछ ।

११. निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रमुख आयुक्तको सक्कल दस्तखत भएको, पर्याप्त सुरक्षासहितको मतपत्र जारी गरिनेछ ।

१२. मतपत्रमा उम्मेदवारको नाम र चिनो लगाउने बाकस रहनेछ । उक्त बाकसभित्र अर्को उम्मेदवारको बाकसमा नछुने गरी टिक लगाएको हुनुपर्नेछ ।

१३. मतपत्रभित्र मतपत्रबाहेक कुनै पनि वस्तु राखिएको पाइएमा सो मतपत्र खारेज हुनेछ ।

१४. प्रत्यक्ष मतदानमा मतपेटिका खुला ठाउँमा राखिने छ । तर मतदान गोप्य रुपमा गर्नु पर्ने छ र मतपेटिकामा खसाउनु पर्ने छ।

१५. मतदानका लागि तोकिएको समय वा सबै मतदाताले मतदान सकिएपछि मतपेटिका सिल गरिनेछ र उम्मेदवार वा निजका प्रतिनिधिको रोहबरमा सिलबन्दी गराइने छ ।

१६. उम्मेदवार वा निजको वारेसको रोहवरमा सिलबन्दी मतपेटीका खोली मतगणना आरम्भ गरिनेछ ।

१७. मतगणना गर्दा सकेसम्म सबै उम्मेदवारहरु वा उनको प्रतिनिधिको रोहबरमा गरिनेछ । मतगणना गर्दा सामाजिक दूरी कायम गरिनेछ तर स्थानाभावका कारण सामाजिक दूरी कायम गर्न नसकिने अवस्थामा अध्यक्षका उम्मेदवार मात्र राखेर मतगणना गरिनेछ ।

प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली:

१. श्यामकुमार लुइँटेल

२. बिमला सेने

३. एभरेष्ट गौतम

४. सन्जयभक्त कँडेल

५. विपिन निरौला

भवदीय

रमेशसिंह साराङकोटी

प्रमुख निर्वाचन आयुक्त

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू