आइतबार, जेठ ६, २०८१
11:46 | १६:३१

एनआरएनए यूके निर्वाचनमा मिडल्याण्डले अघि सार्‍यो साझा उम्मेदवार

नेपाली लिङ्क जुन ८, २०२१

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको सन् २०२१-२३ कार्यकालका लागि मिडल्याण्डवासीहरुले संयुक्त रुपमा उम्मेद्वारी घोषणा गरेका छन् । साझा नेपाली समाज यूकेको नेतृत्वमा मिडल्याण्डका सबै क्षेत्रलाई समेटेर उपाध्यक्ष, सचिव र सह-कोषाध्यक्ष लागि उम्मेदवार घोषणा गरेका हुन् ।

साझा नेपाली समाजका अध्यक्ष एवं छनोट समितिका संयोजक कृष्ण शर्मा सापकोटाले सबैसँग छलफल गरी उपाध्यक्षमा गोबिन्द खरेल र पवन शर्मा, सचिवमा विष्णु चालिसे र सह-कोषाध्यक्षमा शशांक शर्माले उम्मेद्वारी दिएका जनाए ।

यसैगरी सदस्यहरुमा रामप्रसाद पन्थी नटिंघम, चम्पा थापा लेस्टर, हीरा सापकोटा (दिपक) नटिंघम, उपेन्द्र पौडेल ग्रान्थाम, भिम खनाल पिटरबरो, भानु घिमिरे लेस्टर छन् । एनआरएन यूके  प्रतिनिधि छनोट समितिको बैठक एभरेस्ट फ्यूजन लाउन्ज, आर्नोल्ड नटिंघममा सम्पन्न भएको थियो ।

छनोट समितिमा संयोजक कृष्ण शर्मा सापकोटा र सदस्यहरु दयानिधि सापकोटा, महेश अधिकारी,  केशव भण्डारी, कोशलेस्वर (कृष्ण) ढकाल, राजु कंडेल, पशुपति पोख्रेल, भोजराज भण्डारी, दिपक सापकोटा, भिम शारू मगर, उपेन्द्र पौडेल, राम प्रसाद पन्थी, रण बहादुर केसी लगायतको उपस्थिति थियो ।

‘मिड्ल्याण्डवासीहरुको एकता एनआरएनए यूकेमा संयुक्त सहभागिता’ भन्ने  नाराकासाथ एनआरएनए यूकेलाई आधुनिकीकरण, पारदर्शी र व्यवस्थित गर्दै नेपालीका विभिन्न समस्याको समाधान गर्ने उनीहरुको प्रतिबद्धता छ  ।

प्रेस विज्ञप्तिः

मिडल्याण्डबाट एनआरएन यूकेको आगामी अधिवेशनका लागि प्रत्यासी उम्मेदवारहरूको संयुक्तरूपमा घोषणा-

२४ मे २०२१ मा साझा नेपाली समाज यूकेको नेतृत्वमा मिडल्याण्डका सबै क्षेत्रलाई समेटेर गठन गरिएको एनआरएन यूके प्रतिनिधि छनोट समितिको बैठक एभरेष्ट फ्यूजन लाउन्ज, आर्नोल्ड नटिंघममा बसेको थियो ।

छनोट समितिका संयोजक श्री कृष्ण शर्मा सापकोटा र सदस्यहरु श्री दयानिधि सापकोटा, श्री महेश अधिकारी, श्री केशव भण्डारी, श्री कोशलेस्वर (कृष्ण) ढकाल, श्री राजु कंडेल, श्री पशुपति पोख्रेल, श्री भोजराज भण्डारी, श्री दिपक सापकोटा, श्री भिम सारू मगर, श्री उपेन्द्र पौडेल, श्री राम प्रसाद पन्थी, श्री रणबहादुर केसी, आकांक्षी उम्मेदवारहरू, साझा नेपाली समाजका ट्रष्टीज, मिडल्याण्डबासी सामाजिक अग्रज अभियन्ता र बुद्धीजिवीहरुको उपस्थिति रहेको उक्त बैठकमा छलफल गरी आपसी सहमतिमा एनआरएनए यूकेको चुनावमा भाग लिनका लागि एक संयुक्त प्रतिनिधि मण्डल चयन गर्ने निर्णय भएको थियो ।

सो भेलाले आकांक्षीहरूबीच छलफल गरी अन्तिम नामावली सार्वजनिक गर्न सझा नेपाली समाजका अध्यक्ष एवं छनोट समितिका संयोजक कृष्ण शर्मा सापकोटालाई सबैसँग छलफल गरी अन्तिम नामावली सार्वजनिक गर्न दिएको म्यान्डेट अनुसार मिडल्याण्डबाट एनआरएन यूकेको आगामी कार्यसमितिमा निम्न व्यक्तिहरू विभिन्न पदमा हाम्रो साझा उम्मेदवाररूपमा जाने निर्णय भएको जानकारी गराउंछौ ।

गोबिन्द खरेल –उपाध्यक्ष (एनसीसी), पवन शर्मा –उपाध्यक्ष (एनसीसी), बिष्णु चालिसे –सचिव (एनसीसी), शशांक शर्मा –सह कोषाध्यक्ष (एनसीसी), राम प्रसाद पन्थी –सदस्य (एनसीसी), चम्पा थापा लेस्टरबाट –सदस्य (एनसीसी), हीरा सापकोटा नटिंघमबाट –सदस्य (एनसीसी), उपेन्द्र पौडेल ग्रान्थामबाट–सदस्य (एनसीसी), भीम खनाल पिटरबरोबाट –सदस्य (एनसीसी), भानुभक्त घिमिरे लेस्टरबाट –सदस्य (एनसीसी) ।

आकांक्षी उम्मेदवारज्यूहरु जसले यो समितिमा एनआरएनए यूकेमा सेवा गर्ने इच्छा जाहेर गर्नु भएको थियो । उहाँहरुले आफ्नो इच्छालाई थाती राखेर एकताका लागि माथि उल्लेखित आकांक्षीज्यूहरुलाई मार्ग प्रशस्त गरेर सम्मानको पात्र बन्नुभएको छ ।

उम्मेदवारी दर्ता गर्ने बेलासम्म प्रस्तावित नामहरुमा आपसी सहमतिमा फेरबदल तथा थपघट पनि हुन सक्नेछ। मिड्ल्याण्डको टिममा राज्य परिषद लगायत अन्य स्थानहरुमा पदीय भूमिका निभाउनु परेमा रोकिएका आकांक्षीज्युहरु श्री ऋषि सापकोटा, पुण्डरी अर्याल र पदम शाही लगायत अन्य इच्छुकहरूलाई निर्बाचन प्रचार प्रसार समितिले उपयुक्त स्थान दिंदै साथमा लिएर जान जानेछ ।

‘मिड्ल्याण्डबासीहरुको एकता एनआरएनए यूकेमा संयुक्त सहभागिता’ नाराकासाथ एनआरएनए यूकेलाई आधुनिक, पारदर्शी, चुस्त, नागरिक प्रेमी र विदेशिएका नेपालीहरूको हक र अधिकारलाई ब्यवस्थित गर्दै नेपाल सरकारसंग हातेमालो गर्दै पर्यटनको विकास, औद्योगिकरण, रेमिटेन्सको अभिलेख ब्यबस्थापन र रेमिटेन्समा योगदानकर्तालाई जीबन बिमाको ब्यवस्था सम्मको बैधानिक प्रावधान गर्न लागि पर्नुका साथै नेपाल एम्बेसीबाट गैर आवासीय नेपालीलाई जारी गर्ने एनआरएनए कार्ड (नेपाल आवत जावतमा भिसा सहजीकरण कार्ड) सकेसम्म एनआरएनए यूकेको पहलमा सरल र सुलभ बनाउने उद्देश्यका साथ अघि बढ्नेछ ।

एनआरएनए यूकेको सदस्यता बनाउने काममा एकजुट भइ आ–आफ्नो क्षेत्रबाट सम्पूर्ण सामाजिक अभियन्ताहरु परिचालन गरी सिंगो मिड्ल्याण्ड एक ढिक्का भएर अघि बढेको छ । प्रत्यासी प्रतिनिधि टोली, मिड्ल्याण्डस्थित संघसंस्थाका कार्यसमितिहरूका पदाधिकारिहरु, अग्रज समाजसेवीहरु, सामाजिक अभियन्ताहरु, बुद्धिजिवीहरु र युवा पुस्ताहरु सक्रिय बनाई सदस्यता बनाउने काममा पूरै मिड्ल्याण्ड जुरुक्कै उठेको छ ।

प्रतिनिधिमण्डल र मिड्ल्याण्ड एनआरएनए यूकेका अग्रज सहितको एक ’चुनाब प्रचार प्रसार समिति’ चयन गरिने छ । उक्त समितिले केन्द्रमा लबिंग गरी बलियो र सक्षम टिममा जाने निर्णय पनि गर्नेछ । सोही निर्णय अनुसार मिडल्याण्डका सबै उम्मेदवार एउटै टिमबाट प्रत्यासी हुनुपर्नेछ ।

यो समितिले सदस्यता बनाउन सहजीकरणको भूमिका, चुनाव प्रचार प्रसार,  निर्वाचनको नतिजा अन्तिम हुने बेलासम्म निर्बाचन सम्बन्धी विषयका अन्य निर्णय र कामहरु गर्नेछ । आफ्नो टोलीलाई भारी मतका साथ जिताउने संकल्पका साथ अघि बढेको मिड्ल्याण्डको यो संयुक्त प्रतिनिधिमण्डल भन्दा बाहिरबाट कसैले उम्मेदवारी दिएमा मिड्ल्याण्डबासीको कुनै साथ नरहने सर्वसम्मतले निर्णय गत २४ मे को उक्त बैठकले गरेको जानकारी पनि गराउंछौ ।

-कृष्ण शर्मा  अध्यक्ष   साझा नेपाली समाज यूके 07572 422522

– राम पंन्थी महासचिव साझा नेपाली समाज O7500 930898

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू