शुक्रबार, वैशाख १४, २०८१
01:04 | ०५:४९

एनआरएनए यूके महिला उपाध्यक्षमा उम्मेदवारी दिंदै प्रसुना

नेपाली लिङ्क जुन ७, २०२१


लन्डन । बेलायतको नेपाली डायष्पोरामा चर्चित एकजना नर्स, कलाकार एवं मोडल प्रसुना कंडेलले एनआरएनए यूके महिला उपाध्यक्षमा उम्मेदवारी दिने भएकी छन् ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष एवं एनआरएनए यूकेको वर्तमान महिला संयोजक कंडेलले सामाजिक कार्यलाई निरन्तरता दिन आसन्न निर्वाचनमा एनआरएन महिला उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताइन् ।

महिला सशक्तिकरण र समुदायको चौतर्फी विकासका लागि सक्रिय भएर लाग्ने अठोटका साथ उम्मेदवारी दिन लागेको उनले बताइन् ।

‘दुई वर्ष महिला संयोजक हुंदा समाज र विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग काम गरेको अनुभव र अग्रजहरुको सुझाव सल्लाहले उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु’, कंडेलले भनिन्, ‘समाजसेवामा लाग्न जातीय, धार्मिक वा लैंगिक स्वार्थ जोडिनु हुन्न भन्ने मेरो मान्यता रहिआएको छ । उल्लेखित मान्यता अनुशरण गर्दै मेरो जित भए भावी अध्यक्षसंग सहकार्य र सहयोगका साथ संस्थाको लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गर्दछु ।’

संस्थाको हरेक गतिविधिमा आफ्नो ज्ञान, सीप र अनुभव खर्चने, बेलायतस्थित स्वास्थ्य क्षेत्रका बिज्ञहरुलाई समेत समावेश गराइ उनीहरुको दक्षता नेपालमा प्रयोग गर्ने एवं नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने पनि प्रसुनाले बताइन् ।

प्रसुना एनआरएनए यूके ग्लोवल हेल्थ कमिटी अन्तर्गत नर्सिङ कमिटीको सहअध्यक्ष पनि छिन् । कोभिड १९ महामारी शुरु भए लगत्तै लन्डनमा आइसीयूमा अहोरात्र खटिएर बिरामीको सेवामा लागेकी उनी बेलायतस्थित नेपाली समुदायलाई यसबारे सचेतना जगाउन निरन्तर खटिइन् । उनले भिडियो सन्देशमार्फत कोरोना महामारी के हो, यो कसरी फैलन्छ ? यसबाट बच्न अपनाउनु पर्ने सतर्कता के के छन् ? यसका जोखिम आदिबारे नियमित अपडेट दिएकी थिइन् । ‘यसबाट बेलायत र नेपालस्थित नेपाली समुदाय लाभान्वित समेत भयो’-उनले सुनाइन् ।

हालैमात्र नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाउने एनआरएनए यूके अभियानमा उनले पनि एउटा मेसिन किन्न आर्थिक सहयोग गरेकी थिइन् । एनआरएनए यूकेको नारी दिवस कार्यक्रमसहित संघले गरेका हरेक कार्यक्रममा उनको सक्रिय सहभागिता रह्यो ।

सन् २००५ सेप्टेम्बरदेखि बेलायत बस्दै आएकी प्रसुनाको नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयमा लामो अनुभव छ ।

क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट उनी रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि पनि हुन् । प्रसुनाले युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएससी गरेकी छन् ।

हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुना नेपलिज वुमन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छन् । अहिले वुमन एसोसिएसनमा सदस्य छन् उनी ।

महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उनी धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा अहोरात्र खटिएकी थिइन् । सो टोलीले भूकम्प पीडित झण्डै दुईहजार परिवारको उपचार गरेको थियो ।

उनले बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्ड रेज पनि गरेकी छिन् । हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी प्रसुना माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी छन् ।

धादिङमा जन्मिएकी प्रसुना सामाजिक सेवा 
अतिरिक्त फिचर फिल्म, म्यूजिक भिडियो, 
सर्ट मुभिज, विभिन्न म्यागेजिन तथा रयाम्पमा समेत मोडलिङ गरिसकेकी छन् । उनले कयौं अवार्ड पनि पाएकी छन् । कडा परिश्रम, संकल्प, समर्पण र इमान्दारी आफ्नो मुलमन्त्र र सफलताको कारक मान्छिन् उनी ।

प्रसुनाको विगत र वर्तमान-
Living in the UK since September 2005, I believe in hard work, determination, dedication and honesty.
Any work I do I would like to do with my full heart and soul to inspire, to motivate, encourage individuals and society through my work, contribution and as a role model.

Profession:
1.Critical Care Outreach Nurse Specialist
2.Learning and Development and Health & Safety Representative of Royal College of Nursing, which has 435000 nurses in the United Kingdom

Qualification:
1.Msc Advance Practice Nursing in Healthcare leadership – university of west London
2.Bsc Honours in Critical Care Nursing – City University, London
3. Diploma in Homeopathy – British Institute of Homeopathy
4. Diploma in Theatre Acting – Kingdom school of Arts, London
5. Diploma in Screen Acting – International School of Screen Acting
6. Diploma in Classical Vocel- Prayag Sangeet Samiti – India, Allabadh

Awards/Appreciation:
1.Appreciation from Embassy of Nepal & Nursing Association UK – Contribution to Nepal during disastrous earthquake as a Medical Emergency Rescue Team Coordinator – 2015
2. Awarded as Media Personality of Year – 2015
3. Honoured by Embassy of Nepal as Inspiring Youth personality – 2017
4. Miss Personality + Miss Public Choice Award – Face of Purity Beauty Competition UK – 2013
5. Rule the Runway UK Modelling Competition – Miss Public Choice – 2017
6.Afro Model Awards – 2015
7. National Box Office, Film Fare Award – 2017
8. Honoured by All Pakistan Nurses Association & Professional Relief Organisation in recognition of contribution to nursing & Humanitarian cause – 2019

Work & Contribution Social
1. NRNAUK Women Coordinator
2. NNA UK President 2017 – 2019
3. Advisor NNA UK & NRNA UK – current
4. Coordinator – Medical Emergency Rescue Team – 2015 ( Nepal Earthquake)
5. Nepalese Blood Donors UK – General Secretary – 2013- 2017
6. Nepalese Women’s Association – Ex- General Secretary, current member
7. Women’s Committee for Visit Nepal 2020 formed by Nepal Embassy

Art & Entertainment Contribution:
1. Elizabethan poetry Theatre play “A Tale of Two Roses” – 2019, July
2. Samaya Drishiya Drama – 2015
3. Jeegisha social Drama – 2017
4. English Movie “US”
5. Nepali Movie Eighteen & U Turn
6. Hindi movie , Pakistani tele play
7. Nepali, Hindi & English Music Videos
8. Nepali & English Short Movies

Hobbies-
Poetry & Literature, Travelling & Nature

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू