शुक्रबार, वैशाख १४, २०८१
14:00 | १८:४५

शान्ति नेपाली समाजले नेपाल पठायो ४ लाखको सहयोग

नेपाली लिङ्क जुन ६, २०२१

लन्डन । शान्ति नेपाली समाज बेलायतले कोभिड महामारीविरुद्धको लडाईंमा सघाउने उद्धेश्यले आर्थिक सहायता नेपाल पठाएको छ ।  

समाजका सदस्यहरुबाट संकलन गरिएको जम्मा ४ लाख ४ हजार ४ सय ९८ रुपैयाँ नेपाल पठाइएको समाजका अध्यक्ष भोजराज भण्डारीले जानकारी दिए।  

अध्यक्ष भण्डारीका अनुसार समाजले रवि लामिछाने फाउन्डेसनमार्फत् सहयोग पठाएको हो । सहयोग रकम फाउन्डेसनको खातामा जम्मा गराइसकिएको छ ।  

अध्यक्ष भण्डारीले यो अभियानमा सहयोग गर्ने समाजका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।  

‘बेलायतका धेरै नेपालीले एनआरएनएमार्फत् सहयोग गर्नुभएको छ, महावीर पुनको माध्यमबाट पनि सहयोग पठाइएको छ’, उनले भने, ‘अरुको सहयोग पुग्न नसकेको ठाउँमा पनि सहयोग उपलब्ध होस् भनेर हामीले फरक माध्यमबाट पठाएका छौं ।’

रवि लामिछाने फाउन्डेसनको सहयोगमा रास्कोट अस्पताल संचालन भइरहेको छ भने काठमाडौंको जनमैत्री अस्पतालमा पनि फाउन्डेसनले निशुल्क उपचार उपलब्ध गराइदिएको छ ।  

फाउन्डेसन विभिन्न स्वयमसेवक परिचालन गरेर राहत पनि बांडिरहेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू