आइतबार, जेठ ६, २०८१
10:56 | १५:४१

बेलायतमा फेरी बढ्यो संक्रमण

२४ घन्टामा १२ जना संक्रमितको मृत्यु

नेपाली लिङ्क जुन २, २०२१

फाइल तस्विर

लन्डन । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दरमा सामान्य वृद्धि  हुँदै गइरहेको छ । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो ।

हाल दैनिक संक्रमण दर तीन हजारमाथि रहँदै आएको छ । निरन्तर बढ्दो क्रममा रहेको संक्रमण दर बुधबार चार हजार ३३० पुगेको छ । यो संख्या एक हप्ताभित्र ३६ प्रतिशतले बढेको हो ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख  ९४ हजार ६९९ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १२ जना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७९४ पुगेको छ ।

अघिल्लो दिन बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलो पल्ट शून्यमा झरेको थियो । यद्धपि बेलायतमा कोरोना मृतकमा भने खासै वृद्धि भएको छैन ।

बेलायतमा कोरोनाविरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् ।

बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशत वयस्कले पहिलो र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म  छ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ ।

जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू