आइतबार, जेठ ६, २०८१
16:05 | २०:५०

बेलायतले मेडिकल सहायतासहितको उडान बिहीबार नेपाल पठाउंदै

नेपाली लिङ्क मे २६, २०२१

फाइल तस्विर

लन्डन । नेपाललाई कोभिड महामारीविरुद्धको लडाईंमा सघाउन बेलायत सरकारले आफ्नो सहायता पठाउने भएको छ ।  

बेलायत सरकारले मेडिकल टोली र सहायतासहितको आफ्नो उडान नेपाल पठाउन लागेको लन्डनस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । उक्त उडानमा पठाउन लागिएको सहायताको पूर्ण विवरण अझै उपलब्ध भइनसकेको दूतावासको भनाइ छ ।  

यसअघि बेलायत सरकारका एक मन्त्रीले गतसाता बेलायती सेनाको मेडिकल टोली नेपाल पठाउने तयारी रहेको बताएका थिए ।  

कोभिड महामारीको दोस्रो लहरसँग जुधिरहेको नेपालले यसअघि विभिन्न माध्यमबाट बेलायतसँग सहयोग माग गरिसकेको छ ।

बेलायतस्थित नेपाली समुदायका अगुवहरुले पनि यहाँका काउन्सिलर, सांसदसहितका जनप्रतिनिधिमार्फत् बेलायत सरकारको सहयोग दिलाउने कोशिश् गरेका छन् ।  

एनआरएनए यूकेको संयोजनमा बेलायतस्थित नेपाली संघसंस्थाहरु समेतको सहयोगमा बेलायतवासी नेपालीहरु अहिले नेपाललाई अक्सिजन कन्सन्ट्रेटर पठाउने अभियानमा पनि जुटेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू