मंगलबार, चैत ६, २०८०
06:58 | १२:४३

नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाउन बेलायतका नेपालीबाट चारदिनमै २ करोड

नेपाली लिङ्क मे १९, २०२१

लन्डन । कोभिड-१९ ले स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजन व्यवस्था गर्न बेलायतका नेपालीले झण्डै २ करोड रुपैयांको प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए यूकेको संयोजनमा सहयोग अभियान शुरु भएको चौंथो दिनमा उक्त रकमको प्रतिवद्धता आएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।

गत मे १५, शनिबार बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उपनियोग प्रमुख श्रीमति रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरुको बृहत बैठकले ‘अक्सिजन पठाऔं – नेपालीको ज्यान बचाऔं’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरिएको थियो ।

बैठक चलिरहंदा प्रति अक्सिजन कन्सन्ट्रेटर करिब ७०० पाउण्डका दरले ६४ वटा मसिनका लागि करिब ७५ लाख रुपैंयाको प्रतिवद्धता प्राप्त भएको थियो भने मंगलबार र बुधबारसमेत उत्साहजनक प्रतिवद्धताहरु आएका संघले जनाएको छ ।

स्वास्थ्य सामग्रीको अनेक आवश्यकता भएपनि अक्सिजन कन्सन्ट्रेटर नै जीवन रक्षाको पहिलो प्राथमिकता हो भन्ने सबैको ठहर सहित यसलाई समयमै पुरयाउन सके प्रतिदिन सयौं नेपालीको ज्यान बचाउन सकिन्छ भनेर लागि परेका छौं, महासचिव फडिन्द्र भट्टराईले भने, ‘अब १० दिन भित्र न्यूनतम १५० अक्सिजन कन्सन्ट्रेटर मसिन अति प्रभावित क्षेत्रमा पुरयाउने लक्ष्यसहित काम थालिएको छ । नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मीज्यूको प्रत्यक्ष निगरानीमा प्रक्रियालाई तीब्रताका साथ अघि बढाइएको छ ।’

नेपाल सरकारले अख्तियारी गरेको एकद्वार प्रणाली मार्फत भन्सार तथा कर छुट लगायत निशुल्क ढुवानीको ब्यवस्था मिलाई न्यूनतम १५० थान नेपाल पठाउने प्रकृयालाई तीव्रता दिइएको पनि उनले बताए । ‘सम्भवतः १–२ दिन भित्र खरिद प्रकृया पुरा हुने अपेक्षा गरिएको छ । यदि यहांहरुको सम्पर्कमा बिश्वस्वास्थ संगठन र नेपाल सरकारले समेत तोकेको मापदण्ड अनुसारको अक्सिजन कन्सन्ट्रेटर मसिन सप्लायर छ र तोकिएको समय भित्र उपलब्ध गराउन सकिन्छ भने सम्पर्क गराउन सादर अनुरोध छ’, उनले भने ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतवासी नेपालीलाई मातृभूमि पीडाले छट्पटिइरहेका बेला आफ्नो क्षमता अनुसार सहयोग गर्न अपिल गरेकी छन् । यस अभियानमा सघाउन चाहनेले निम्न बैंक खातामा पैसा पठाउन सक्नेछन् ।

NRNA UK Walfare
Sort Code: 40-09-26
Account No: 02158825
Ref: Your Name-CVDNepal
यी हुन् सहयोगदाताहरुः
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू