शुक्रबार, चैत १६, २०८०
14:14 | १९:५९

एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिनाको सशक्त अभियान, खोलिन् तीन कार्यालय

नेपाली लिङ्क मे १७, २०२१

लन्डन । एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीहरु यतिखेर सदस्यता विस्तारमा जुटिरहेका छन् । यसपटक व्यवस्थित कार्यालय खोलेरै अनलाइन सदस्यता बढाउने ‘ट्रेन्ड’ शुरु भएको छ ।

यसैक्रममा एनआरएनए यूके अध्यक्षकी प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले बेलायतका विभिन्न शहरमा ’डेडिकेटेड स्टाफ’ सहित तीनवटा अफिस नै खोलेर मेम्बरसीप ड्राइभलाई उच्च प्राथमिकता दिएकी छन् ।

नेपालीहरु उल्लेख्य रहेको र भोट बैंक ठानिने क्षेत्र अल्डरसटको एम्पायर हल र श्री लक्की ज्वेलरी एवं पिटरबरोस्थित न्यू रोडमा हेल्प डेस्कमार्फत सदस्यता विस्तारमा आफू केन्द्रित रहेको रोजिनाले बताइन् ।

एनआरएनए यूके अध्यक्ष प्रत्यासीमा सशक्त र उच्च तहबाटै साथ समर्थन पाएकी रोजिनाले आफ्ना सम्पर्क कार्यालयबाट सदस्यता व्यवस्थापनसहित प्रचार प्रसार र अन्य कामहरु भइरहेको बताइन् ।

‘कुनै पनि संस्था सञ्चालन र यसको प्रभावकारिताका लागि सदस्य संख्या नै प्रमुख मेरुदण्ड मानिन्छ । यसपटक एमआइएस सिस्टमबाट सदस्यता लिनुपर्ने भएकाले हामी यसतर्फ बढी व्यस्त छौं’, उनले भनिन् ।

विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे बेखबर भएकाले चुनौतिपूर्ण भएकोले यस सम्पर्क कार्यालयाबाट सदस्य बनाउन सहजीकरण गर्ने पनि उनले बताइन् ।

एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलोपटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । यसको समयसीमा आउंदो १० जुनसम्म छ ।

रोजिनाले पछिल्लो समय बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेट गरि आफूलाई सहयोग गरिदिन आग्रह गरिरहेकी छन् । अग्रजहरुको प्रेरणाले आफूमा अझ हौसला बढेको पनि उनले बताइन् ।

नेपालमा कोभिड महामारीले उत्पन्न स्वास्थ संकटका बेला बेलायतबाट सहयोग जुटाउन सक्रिय उनले बेलायतवासी सबैमा हातेमालो गर्न आग्रह गरेकी छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू