शुक्रबार, वैशाख १४, २०८१
01:12 | ०५:५७

तमुधिं साउथ इष्ट लन्डन अध्यक्षमा ह्यारी गुरुङ निर्विरोध

नेपाली लिङ्क मे १६, २०२१

लन्डन । साउथ इष्ट लन्डन रिजनल तमुधिंको अध्यक्षमा ह्यारी गुरुङ निर्विरोध भएका छन् ।  

यसअघिको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका गुरुङले आउंदो दुई वर्ष संस्थाको नेतृत्व गर्ने भएका छन् ।  

नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न निर्धारित समयसीमाभित्र अध्यक्ष पदमा गुरुङको एकल उम्मेदवारी परेको साउथ इष्ट तमुधिंनिकट स्रोतले नेपाली लिंकलाई जानकारी दियो ।  

अध्यक्षसंगै २३ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् । नयाँ कार्यसमितिको औपचारिक घोषणा आउंदो आइतबार हुने संस्थाको अधिवेशनले गर्नेछ ।  

अध्यक्षमा निर्विरोध गुरुङ हङकङ नेपाली मञ्च यूकेको वर्तमान कार्यसमितिमा पनि अध्यक्ष छन् । एनआरएनए यूकेमा समेत उनी कार्यसमिति सदस्यका साथै खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा छन् ।

साउथ इष्ट रिजनल तमुधिंमा सन् २००७ देखि नै सक्रिय अभियन्ता हुन् ह्यारी गुरुङ । उनले यसअघि संस्थाको कार्यसमितिमा सह-कोषाध्यक्ष, महासचिव र उपाध्यक्षजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।  

साउथ इष्ट रिजनल तमुधिंको अधिवेशन आउंदो आइतबार मे २३ मा भर्चुअल माध्यमबाट हुँदैछ । नयाँ कार्यसमिति निर्वाचनका लागि पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू