मंगलबार, चैत ६, २०८०
06:58 | १२:४३

गोर्खालीको खुकुरीले सिरियामा समातिए १२ आतंककारी

नेपाली लिङ्क मे १६, २०२१

लन्डन । युद्ध मैदानमा साहस र बहादुरीले ब्रिटिश गोर्खाको नाम विश्वभर उच्च छ । मर्न तयार हुन्छन् तर शत्रुका अगाडि कहिल्यै झुक्दैनन् उनीहरु ।

ब्रिटिश सेनाको स्पेशल एयर सर्भिस् (एसएएस) मा कार्यरत गोर्खाले आफ्नो बहादुरी प्रदर्शन गरेर गोर्खाको नाम पुनः उचो पार्न सफल भएका छन् । चारजना गोर्खाको समूहले सिरियामा १२ जना आतंककारीलाई जिउंदै समातेका ‘डेली स्टार’ ले जनाएको छ ।

सिरियाको सुरक्षित स्थलमा छापा मार्ने क्रममा ति गोर्खाहरुले खुकुरीको सहायताले टाउको छिनाइदिन्छु भन्दै चेतावनी दिएपछि आतंकवादी संगठन स्लामिक स्टेटका बन्दुकधारी आफ्ना हतियारहरु त्याग्न वाध्य भए ।

आतंककारी लुकेर बसेका ठाउंमा दोभासेले भने, ‘ति गोर्खा नेपालको पहाडी भागबाट आएका हुन् । उनीहरु प्रसिद्ध योद्धा हुन् जो मर्न डराउंदैनन् र यदि उनीहरुले समाते भने खुकुरीले तिमीहरुको शिर छिनाउनेछन्  ।’

त्यसपछि घरको झ्याल खुल्यो र आतंकारीहरुले हतियारहरु बाहिर फ्याँकेको रक्षा श्रोतलाई उल्लेख गर्दै डेली स्टारले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू