मंगलबार, चैत ६, २०८०
10:52 | १६:३७

ब्राजिलको राजदूतमा कुलप्रसाद नेपाल सिफारिस

नेपाली लिङ्क मे १५, २०२१


लण्डन– नेपालको परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । 

एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको हो । प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको छ । 

राजदूत नियुक्तिको सिफारिसमा पर्ने मध्ये ब्राजिलका लागि कुल प्रसाद नेपाल हुन् । बाबु राजदूतमा सिफारिस भएपछि लण्डन बस्ने छोरा वसन्त नेपालले खुशी ब्यक्त गरेका छन्।

‘उहां एमाले भएका नाताले मात्र नभइ खुबी र त्यागले सो पदमा पुगेकामा ज्यादै गर्व लागेको छ । बुवालाई हामी परिवारको तर्फबाट धेरै शुकामना पनि छ’- वसन्तले भने ।   

वि. स. २००८ सालमा पाल्पाको खस्यौली गाबिसमा जन्मिएका नेपाल पाल्पाका पुराना कम्युनिष्ट नेता हुन् । उनीसंग १५ बर्ष माबि शिक्षक, २ बर्ष कानुन व्यबसायी, २०५१-२०५२ सालमा शाही नेपाली राजदूतावास नयाँदिल्ली, भारतमा सास्कृतिक सहचारीको अनुभव छ ।

उनी २०६४ सालमा पहिलो संविधानसभामा पाल्पा-३ बाट निर्वाचित सभासद हुन् । नेपालले बिए, बिएड गरेका छन् ।  

उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रिय सदस्य, नेपाल बार एसोसिएसन पाल्पाका पूर्व अध्यक्ष र हाल नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य हुन् ।  

२०२६ सालमा  राजा महेन्द्र बिरुद्द पर्चा छरेको अभियोगमा स्वर्गीय जीवराज आश्रितसंग १८ महिना संगै जेल जीवन बिताएका नेपालले पन्च्यात ब्यबस्था बिरुद्दको आन्दोलनमा पटक पटक गरि साढे ३ बर्ष जेल जीवन बिताएका छन् ।  

नेपाल एक इमान्दार र सक्षम राजनीतिज्ञको रुपमा पाल्पाली जनताहरुका माझ परिचित छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू