मंगलबार, चैत ६, २०८०
04:34 | १०:१९

एनसिआई ग्रुप यूकेले बाँड्यो शेयरधनीहरुलाई लाभांश

नेपाली लिङ्क मे १५, २०२१

लन्डन । बेलायतका नेपाली व्यवसायीहरुको संस्था एनसिआई ग्रुप यूकेले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ ।  

ग्रुपले हरेक वर्ष बांड्दै आएको लाभांशलाई कोरोना कहरका बीच पनि निरन्तरता दिइएको हो ।  

एनसिआई ग्रुप यूकेका कोषाध्यक्ष एवम् वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेका अनुसार ग्रुपमा संलग्न सबै १ सय ५१ शेयरहोल्डरहरुलाई लाभांश बांडिएको छ ।  

हालै सन् २०१९ लागि लाभांश वितरण गरिएको र अबको केही महिनाभित्रै सन् २०२० को पनि लाभांश  बांड्ने योजना रहेको पाण्डेले सुनाए ।  

ग्रुपले आफ्न सबै लगानीकर्ता शेयरहोल्डरहरुबीच वर्षेनी लाभांश बांडदै आएको छ ।  

कोरोना महामारीको चपेटाका बीच पनि लाभांश वितरण गर्न सकिएकोमा ग्रुपका अध्यक्ष मोहन गुरुङले प्रसन्नता व्यक्त गरे ।

बेलायतवासी नेपाली व्यवसायीहरुको सामूहिक लगानीको अवधारणासहित अग्रज व्यवसायी मोहन गुरुङको अगुवाईमा सन् २०१३ मा एनसिआई ग्रुप यूके स्थापना भएको हो ।

ग्रुपले अहिलेसम्म नेपालको काभ्रेमा अर्गानिक फार्म र तनहुँमा सोलार प्रोजेक्टका साथै बेलायतमा प्रपर्टीमा पनि लगानी गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू