शुक्रबार, वैशाख १४, २०८१
23:25 | ०४:१०

प्रधानमन्त्रीमा फेरि पनि ओली, कांग्रेस-माओवादी बहुमत जुटाउन असफल

नेपाली लिङ्क मे १३, २०२१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शुक्रबार अपरान्ह हुने जनाएको छ । 

तीन दिनअघि संसदमा विश्वासको मत गुमाएका ओली पुन: प्रधानमन्त्री नियुक्त भएका हुन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली नै फेरि प्रधानमन्त्री बनेका हुन् ।

विपक्षी कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा लगायतका दलले बहुमत पुर्‍याउन गरेको प्रयास विफल भएपछि ओली ठूलो दलको नेताका रुपमा फेरि प्रधानमन्त्री बनेका छन्   

अन्तिम समयमा एमालेभित्रैका माधव नेपाल पक्षीय सांसदहरुको राजीनामा रोक्न सफल भएपछि ओली इतर समूहको बहुमत पुग्न नसकेको हो ।  

पार्टी एकता बचाउन भन्दै ओलीले नेपाल पक्षका चार प्रमुख नेतामाथिको निलम्बन फुकुवा गरेका थिए ।  

ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्त ओलीले अबको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू