मंगलबार, वैशाख ११, २०८१
18:57 | २३:४२

साहित्य विकास परिषद यूकेद्वारा राजदूतको स्वागत तथा कवि गोष्ठी

नेपाली लिङ्क मे १३, २०२१


लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले कवि गोष्ठी र परिषद्का पदेन संरक्षक नेपाली राजदूत लोकदर्शन रेग्मीको स्वागत सम्मान कार्यक्रम गरेको छ ।  

उक्त भर्चुअल समारोहमा नव आगन्तुक राजदूत रेग्मी लगायत उपनियोग प्रमुख श्रीमती रोशन खनाल र सैनिक सहचारी रत्न गोदारलाई मंगल धुनबाट स्वागत-सम्मान गरिएको थियो । 

नेपाल, भारत, अमेरिका र बेलायतका सर्जकहरूको उत्साहवर्धक सहभागिता रहेको उक्त समारोहलाई सम्वोधन गर्दै राजदूत रेग्मीले साहित्य समाजको समस्टिगत प्रतिबिम्ब भएको बताउँदै यसले जीवन जगतलाई प्रभावित पार्ने बताए ।  

राजदूतले नेपाली साहित्यको समृद्धिका लागि सर्जकहरूमा पु-याउन सकिने सहयोग र सहभागिता आफूले राजदूतावासबाट गर्ने अठोट व्यक्त गर्दै स्वदेशको माटोको मायाले सिर्जित रचनाहरूले आफ्नो मन छोएको चर्चा गरे । 

समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार यतीका पूर्व अध्यक्ष बौद्धिक समाजसेवी डा.राघवप्रसाद धिताल (ओबिइ) ले बेलायतमा नेपाली भाषा साहित्य समृद्ध पार्न परिषदको योगदान ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । 

धितालले नेपाली नागरिकता निरन्तरताको सम्वन्धमा बन्न लागेको ऐन अपुरो देखिएले यसलाई सच्च्याएर जनचाहना अनुकुल बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी, उपनियोग प्रमुख रोशन खनालले कूटनीतिक सेवा अन्तर्गत राजदूतावासमा आएर सर्जक साहित्यकारहरूबाट अभिनन्दन पाउँदा आफूलाई खुसी लागेको चर्चा गर्दै नेपाली साहित्य विकास परिषद यूकेका साहित्यिक गतिविधि प्रसंशनीय रहेका बताइन् ।

स्वागत मन्तव्यका क्रममा परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र समृद्धिमा परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै दूतावासको सक्रिय सहभागिता र संरक्षकत्व रहँदै आएको उल्लेख गर्दै परिषद्को पदेन संरक्षकका रूपमा हरेक राजदूतलाई स्वागत अभिनन्दन गर्ने गरिएको स्मरण गरे । 

परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतस्थित समस्त साहित्य सर्जकका तर्फबाट नेपाली साहित्य विकास परिषद यूकेद्वारा अभिनन्दन गरिएको अभिनन्दन पत्र र काव्यीक सम्मान पढेर सुनाउंदै परिषद्का संरक्षक राजदूत लोकदर्शन रेग्मीमा समर्पण गरे ।

यसअघि नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले नेपाली भाषा साहित्यको समृद्धिका क्रियाकलापहरू परिषदले स्वदेशमा र विदेशमा एकरूपताले अगाडि बढाइरहेको चर्चा गरिन् ।

समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार हरिसिंह थापाले परिषद्को सातौँ संरक्षकको रूपमा वर्तमान राजदूत रेग्मीको सहभागिता परिषदमा प्रेरणादायक हुने विश्वास व्यक्त गरे ।

समारोहमा परिषद्का उपाध्यक्ष तथा यती नेपाली एसोसिएसन यूकेका वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मी, महासचिव वीरेन्द्र कुँवर र नेपाल च्याप्टरका महासचिव वरिष्ठ पत्रकार रेडियो नेपालका समाचारवाचक हरिशरण लामिछाने, स्याङ्जाली समाज यूकेका अध्यक्ष डेभिड गुरुङ, जानकी माता धार्मिक संघ महिला कल्याणकारी कोष, कोलकोत्ता भारतकी अध्यक्ष रमा शर्मा पौडेल, सम्झना साहित्यिक पत्रिका, कोलकोत्ता भारतका प्रधान सम्पादक गणेशकुमार प्रधान श्रेष्ठ र प्रदेशी साहित्यिक पत्रिकाका सम्पाद विकास कार्की आदि वक्ताहरूले सारगर्भित मन्तव्य राखेका थिए । 

समारोहमा परिषद्का नेपाल च्याप्टरका महासचिव लामिछानेले सर्जकहरूको आपतविपदमा सहयोग पुरयाउन एउटा सर्जक कोष स्थापना गर्न राखेको प्रस्तावलाई सहभागीले समर्थन गरे ।

मंगल धुनबाट आरम्भ गरिएको समारोहमा मन्तव्य र कविता वाचनको बीच बीचमा सारङ्गी र हारमोनियमबाट विभिन्न गीतका सुमधुर धुन प्रस्तुत गरिएका थिए भने जानकी माता धार्मिक संघ कोलकोत्ता भारतकी सांस्कृतिक सचिव कलाकार गायिका सुश्री सन्तोषी सिंहले विभिन्न नेपाली आधुनिक लोक गीतहरू हार्मोनियम बजाएर गाइन् । 

परिषद्का कोषाध्यक्ष कवि कलाकार मनोज अन्जान र परिषद्का कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक समूह यूकेका अध्यक्ष डम्बरसिंह ‘प्रयास’ ले  सारङ्गीबाट मङ्गल धुन तथा लोक धुनहरू प्रस्तुत गरे ।

समारोहमा नेपाली प्रतिभा प्रतिष्ठन यूकेका महासचिव देवेन्द्र खरेस, विश्व नेपाली साहित्य महासंघ दक्षिण शाखा बेलायतका उपाध्यक्ष थिर थापा, साहित्य चैतारी यूकेका संयोजक वरिष्ठ साहित्यकार वासु शर्माबाट संस्थागत सिर्जनात्मक उपस्थिति थियो भने कोलकता भारतबाट साहित्य तथा गीत सङ्गीतको संस्थागत संयोजन श्री जानकीमाता धार्मिक संघ कोलकोत्ता भारतका सभापति गुञ्जदास श्रेष्ठ बाट भएको थियो ।

एनआरएनए यूके सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेप्लीज सोसाइटीका अध्यक्ष जीत रानाभाटले सञ्चालन गरेको उक्त समारोहको सभापतित्व परिषद्का अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठले र सञ्चालन महासचिव वीरेन्द्र कुँवरले गरेका थिए ।

समारोहमा नेपाल, भारत र अमेरिकाबाट क्रमश: कवि कवयित्रीहरू इल्या भट्टराई, ललिता ‘दोषी’, अ. कृष्णप्रसाद अर्याल, राजेशजङ्ग शाह, हरिशरण लामिछाने, रमा शर्मा पौडेल, सुश्री सन्तोषी सिंह, गणेशकुमार प्रधान श्रेष्ठ, विकास कार्की, सन्जीव गुरुङ, मोहन सिंह, कोमल भट्ट, कल्पना जोशी (देउडा), वासुदेव साप्कोटा, मोहन सिंह, वसन्त रायक्षेत्री, हिन्दमैञा वैद्य, हरिसिंह थापा, डा. सुधा श्रेष्ठ, कल्पना त्रिपाठी, रेशम अर्याल, अहिल्या कुंवर, मोहन आचार्य ‘जलद’, जीतबहादुर छत्याल, अमित थेवे मिचाहाङ, डम्वर सिंह ‘प्रयास’, मनोज अन्जान, देवेन्द्र खरेश, थिर थापा, वासु शर्मा, सुरेशजङ्ग शाह, कोमल मल्ल आदिले आफ्ना रचना वाचन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू