बिहीबार, वैशाख ६, २०८१
08:48 | १३:३३

बेलायतमा ५ करोड ४१ लाख बढीलाई दिइयो खोप

नेपाली लिङ्क मे १२, २०२१

तस्बिर एपी

लन्डन–बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ४१ लाख ६० हजार ९९३ डोज खोप वितरण भएको छ ।

जसमध्ये ३ करोड ५७ लाख २२ हजार ४६१ जनाले पहिलो र एक करोड ८४ लाख ३८  हजार ५३२ जनाले दोस्रो डोज लगाएका छन् ।

सरकारले भोलिबाट इंग्ल्याण्डमा ३८ र ३९ वर्ष उमेर पुगेकालाई  खोप बुकिंगको लागि खुला गर्ने भएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको  छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४१ हजार ९७५ पुगेको छ ।

बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार २३२ छ भने ४२ लाख ५६ हजार १०३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

यहाँ सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएको छ भने निको हुनेको संख्या पनि थपिंदै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू