बिहीबार, वैशाख १३, २०८१
18:33 | २३:१८

इंग्ल्याण्डमा ३८ र ३९ वर्ष उमेर समूहलाई खोप दिने तयारी

नेपाली लिङ्क मे १२, २०२१

लन्डन– बेलायत सरकारले कोरोना भाइरसविरुद्धको खोप वितरण कार्य तीव्र बनाउने क्रममा इंग्ल्याण्डमा ३८ र ३९ वर्ष उमेर पुगेकालाई पनि दिने तयारी गरेको छ ।

भोलि बिहीबार बिहानबाट सो उमेरका मानिसहरुले खोपका लागि दर्ता गर्न सक्नेछन् । सो उमेर समूहका मानिसलाई नेशनल हेल्थ सर्भिस (एनएचएस) ले खोपका लागि दर्ता गर्न म्यासेजमार्फत पनि जानकारी गराउनेछ ।

यदि अनलाइन मार्फत दर्ता गर्न सम्भव नभएमा ११९ मा फोन गरेर पनि दर्ता गर्न सकिनेछ ।

बेलायतमा हालसम्म ५४ मिलियनभन्दा बढीलाई कोरोना विरुद्ध पहिलो खोप दिइ सकिएको छ भने १८ मिलियन बढीले खोपको दुवै डोज लगाएका छन् ।

बेलायतमा खोप वितरण प्रभावकारी भएसंगै कोरोना संक्रमण दरमा उल्लेखनीय सुधार आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू