बिहीबार, वैशाख १३, २०८१
15:26 | २०:११

एफएनजे यूके शुद्धीकरण- आधा कटौतीपछि अब जम्मा सदस्य ४३ मात्रै (सूची)

नेपाली लिङ्क मे १०, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको सदस्यता शुद्धीकरण अन्तत: टुंगो लागेको छ । शुद्धीकरणपछि अब शाखाको जम्मा सदस्य संख्या ४३ मा सिमित बनेको छ ।  

आइतबार सम्पन्न कार्यसमिति बैठकले सदस्यता शुद्धीकरण समितिबाट प्राप्त सिफारिशमाथिको छलफलपछि केही नामहरु थप गर्दै ४३ जनाको अन्तिम सूची पारित गरेको हो ।  

यसअघि ९६ सदस्य रहेको शाखामा शुद्धीकरणबाट आधा सदस्य कटौती गरिएको छ ।

सदस्यता शुद्धीकरणको सिफारिशका लागि शाखाले झन्डै तीन वर्षअघि नै सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा एक समिति बनाएको थियो । सोही समितिले पत्रकारिता क्षेत्रको क्रियाशिलतालाई आधार बनाएर सदस्यका नामहरु सिफारिश गरेको थियो ।

यसअघि शाखाको सदस्यता कायम राख्न ईच्छुक सदस्यहरुलाई आफ्नो क्रियाशिलताको प्रमाणहरु पेश गर्न निश्चित समय समेत उपलब्ध गराइएको थियो ।  

शुद्धीकरणपछि कायम एफएनजे यूकेका ४३ सदस्य:

१ भगिरथ योगी

२ नवीन पोखरेल

३ चिरन शर्मा

४ नरेश खपांगीमगर 

५ श्याम लुइंटेल 

६ ध्रुवराज अर्याल

७ विमला सेने 

८  सञ्जय कंडेल

९ नरेन्द्र बस्नेत 

१० शिव भण्डारी

११ डा. जगन कार्की 

१२ पूर्ण गुरुङ 

१३ खेमराज रानाभाट 

१४ नरेन्द्र राज नेम्वाङ

१५ विपिन निरौला 

१६ प्रमिला लावुङ राई 

१७ मिलन तमु 

१८  दूत पुन 

१९ एभरेष्ट गौतम 

२० बाचस्पति रेग्मी 

२१ शिव तिवारी 

२२ सर्विन्द्र कुमार गुरुङ 

२३ जयराम तामाङ

२४ लिलामान शेरपुन्जा 

२५ गोमा राना 

२६ कुशल श्रेष्ठ 

२७ सोनाम छिरिङ शेर्पा 

२८ मिलन शर्मा

२९ बमबहादुर थापा सूर्यवंशी 

३० जमुना पुन 

३१ सीता थापा 

३२ पुष्पा गुरुङ 

३३ दिनेश परियार 

३४ फडिन्द्र भट्टराई 

३५ विश्वासदीप तिगेला 

३६ नरेश काङमाङ 

३७ मञ्जु भण्डारी 

३८ जीवन सेन 

३९ सुरेन्द्र इङ्नाम  

४० विकलचन्द्र आचार्य 

४१ नारायण गाउँले 

४२ प्रजय शुक्ल

४३ किरण राई (अन्य शाखाबाट स्थानान्तरण) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू