मंगलबार, चैत ६, २०८०
10:18 | १६:०३

खोटाङ सेवा समाज यूकेको २५ सदस्यीय नयां कार्यसमिति निर्वाचित

नेपाली लिङ्क मे ९, २०२१

लण्डन । खोटाङ सेवा समाज यूकेको पाचौं अधिवेशन ९ मे २०२१ का दिन ‘भर्चुअल’ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा श्रीमती भाग्यवती राई, प्रसाद राई, झलम राई, भविन राई, महासचिवमा भोलाबिक्रम राई, सचिवहरु श्रीमती रोजिना राई, देवेन्द्र राई र राजेन्द्र राई, कोषाध्यक्षमा चन्द्र जयपाल राई, सह-कोषाध्यक्ष सन्जिव राई निर्वाचित भएका छन् । 

त्यसैगरी, सदस्यहरुमा क्या. सन्तोष राई, वसन्त गुरुङ, खिलेन्द्र राई, श्रीमती जानुका राई, धीरज राई, सन्जिव राई ‘पारदर्शी’, श्रीमती सुमि राई, श्रीमती लिला गोम्देन, सुश्री अरुणा राई, प्रज्वल राई, बमबहादुर तामाङ, शिव ध्वज राई, पुजन खत्री र ढकबहादुर राना मगर निर्वाचित भए । 

नयां कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । कोरोना महामारीका कारण अघिल्लो कार्यसमितिको कार्यकाल एकवर्ष लम्बिएको थियो ।

रिटायर्ड मेजर भूपजित राईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव राजेन राईले वार्षिक र कोषाध्यक्ष भविन राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष भाग्यवती राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

समाजले खोटाङ जिल्लावासीलाई बाढी, आगलागी जस्ता प्राकृतिक विपत्तिमा निरन्तर सहयोग गरिरहेको छ । समाजले अघिल्लो कार्यकालमा खोटाङस्थित ७ वटा विभिन्न गाउंपालिकालाई ७ वटा एम्बुलेन्स् हस्तान्तरण गरेको थियो । उसले खोटाङ जिल्ला अस्पताललाई ‘अल्ट्रासाउण्ड मेसिन’ समेत दिएको थियो ।

समाजले सन् २०२० मा ‘खोटाङ भिजिट’ कार्यक्रम सार्वजनिक गर्दै बेलायतमा जन्मिएर हुंर्कदै गरेका बालबालिकालाई मातृभूमिको सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व अवगत गराउने योजना ल्याएको थियो तर कोभिड महामारीले स्थगित उक्त कार्यक्रम नयां कार्यसमितिले निरन्तरता दिने भएको छ ।

समाजले स्वास्थ्य शिविर सञ्चालन र कोरोना पीडितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको पनि सचिव देवेन्द्र राईले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू