आइतबार, असार १, २०८२
10:25 | १५:१०

ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती कार्यक्रम प्रभावित, कोटा पनि घट्यो

नेपालमा कोरोना कहर

नेपाली लिङ्क मे ८, २०२१

लण्डन– नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती प्रभावित भएको छ । नेपालबाट लिइने भर्नाको पूर्वनिर्धारित कार्यक्रम र दर्ता मिति तीन हप्ता पछाडि सर्नुका साथै पहिलेभन्दा भर्तीको कोटा पनि घटेको हो । 

‘देशभरि फैलिदै गइरहेको कोभिड–१९ महामारीको संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसको भर्ती दर्ता हुने मिति तीन हप्ताले पछाडि सारिएको जानकारी दिन चाहन्छौं,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमा भनेको छ, ‘मिति बदली भएको नयाँ कल फर्वर्ड लिस्ट तुरुन्त वेबसाइटमा राख्नेछौं । हामीले अवस्थाको निरन्तर समीक्षा गरिरहने छौं अनि कुनै फेरबदल गर्न परेमा तथा आएमा तुरुन्तै खबर गर्नेछौं ।’

मुख्यालयले ‘रिक्रुट इन्टेक–२०२२’ का निम्ति उक्त जानकारी गराएको हो । अघिल्लो सूचनामा जेठ १० देखि साउन १४ गतेभित्र ‘रजिस्ट्रेसन’ को समय तोकिएको थियो । 

महामारीकै कारण बेलायत सरकारले आगामी वर्षका निम्ति भर्ती नीति कडाइ गरेको छ । यसअघि पूर्वमा धरान र पश्चिम पोखरामा रजिस्ट्रेसन र क्षेत्रीय छनोट गर्दथ्यो भने यो पटक रजिस्ट्रेसन (नाम लेखाउने), क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू