लन्डन हन्स्लो बरोमा मेयर निर्वाचित भए गुरुङ



लन्डन । लन्डनको हन्स्लो बरोमा नेपाली मुलका विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका छन् । मंगलबार सम्पन्न हन्स्लो बरोको साधारणसभाले गुरुङलाई मेयर निर्वाचित गरेको हो । पूर्व गोर्खा गुरुङ लेबर पार्टीबाट निर्वाचित काउन्सिलर हुन् ।
बेलायतमा नेपाली मुलबाट यहाँका काउन्सिलहरुमा मेयर निर्वाचित हुने गुरुङ तेस्रो बनेका छन् । यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए ।
१९ वर्ष बेलायती सेनामा सेवा गरेका उनी अवकाशपछि परिवारसहित बेलायत बस्दै आएका छन् ।
सन् २०१४ मा हन्स्लोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित गुरुङ २०१४-१५ मा डेपुटी मेयर पनि बनेका थिए । सन् २०१८ मा उनी पुन: काउन्सिलर निर्वाचित भएका थिए ।
गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेसहितका संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा संलग्न रहंदै आएका थिए ।
त्यस्तै, आर्मड् फोर्सेस च्यारिटी (साफा) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयमसेवी भूमिकामा पनि संलग्न रहँदै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५