बिहीबार, चैत १५, २०८०
11:06 | १६:५१

एनआरएनए यूके अध्यक्ष प्रत्यासी श्रेष्ठले खोले सम्पर्क कार्यालय

नेपाली लिङ्क मे ४, २०२१


लन्डन । एनआरएनए यूकेका अध्यक्ष प्रत्यासी दीपक श्रेष्ठले साउथ इष्ट लन्डनको प्लमस्टिडमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।  

प्लमस्टिड हाइ स्ट्रिटस्थित अस्मिता एशोसिएट्सको कार्यालय रहेकै भवनमा मंगलबारदेखि श्रेष्ठको सम्पर्क कार्यालय संचालनमा ल्याइएको छ ।

एनआरएनए यूकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको  प्रवर्द्धनको उद्धेश्यसहित कार्यालय स्थापना गरिएको इंग्ल्याण्ड परिषद अध्यक्ष समेत रहेका एनआरएनए यूके अध्यक्ष उम्मेदवार श्रेष्ठले बताए ।  

उनका अनुसार कार्यालय हरेक दिन खुला रहनेछ । कार्यालयबाट एनआरएनए यूकेको सदस्यता फारम भर्ने कार्यमा सहयोग गर्नका साथै संस्थासँग सम्बन्धित सबै जानकारी र सूचनाहरु वितरण गरिनेछ ।  

सम्पर्क कार्यालयले उम्मेद्वार श्रेष्ठको चुनावी अभियानको संयोजन र प्रचारप्रसारको काम समेत गर्ने जनाइएको छ ।  

एनआरएनए यूकेको आगामी नेतृत्वमा दावी गर्दै श्रेष्ठसहित कुल चार उम्मेद्वार अहिले मैदानमा आइसकेका छन् । तर उनीहरुमध्ये चुनावी अभियानमा केन्द्रित सम्पर्क कार्यालय नै स्थापना गर्ने श्रेष्ठ पहिलो बनेका छन् ।  

एनआरएनए यूकेले अहिले पहिलोपटक ‘एमआइएस’ प्रविधिबाट सदस्यता वितरण गर्दैछ । ‘अनलाइनबाट सदस्यता लिने प्रक्रिया सहज रहेपनि विशेषगरी कयौं बुवाआमाहरुलाई अनलाइन फारम भर्न असहज बनेको महशुस भएको छ ’, अध्यक्ष उम्मेदवार श्रेष्ठले भने, ‘त्यसैले सहयोगका लागि हामीले सम्पर्क कार्यालय स्थापना गर्ने सोच बनाएका हौं । सदस्यता लिंदा कुनै समस्या परेमा वा अन्य कुनै जानकारी, परामर्श आवश्यक छ भने जो कसैले हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ । हामी सहयोगका लागि हाजिर छौं ।’

सम्पर्क कार्यालय एनआरएनए यूकेको आगामी निर्वाचनसम्मै निरन्तर सुचारु रहने जनाइएको छ ।  

सदस्यता फारम भर्न सम्पर्क कार्यालयमा आउंदा बैंक कार्ड आफ्नो परिचय खुल्ने फोटो आइडी, एड्रेस प्रुफ (ड्राइभिङ लाइसेन्सले दुवै काम गर्ने) र बैंक कार्ड समेत लिएर आउन आग्रह गरिएको छ ।  

सम्पर्क कार्यालयको सम्पर्क नम्बर :

07459 762670 / 07578 540804
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू