शुक्रबार, वैशाख १४, २०८१
06:52 | ११:३७

किराया बेलायतमा मुन्धुमबारे भर्चुअल प्रशिक्षण

नेपाली लिङ्क मे ४, २०२१


लन्डन । किरात राई यायोक्खा बेलायतले आफ्नो मौलिक परम्परा र संस्कारहरुसम्बन्धि एक प्रशिक्षण कार्यक्रम गरेको छ ।  

गत १ मे शनिबार भर्चुअल प्रविधिमार्फत किरात राईहरुको ‘मुन्धुम’ का विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो   

त्यसअवसरमा किरात राई यायोक्खा नेपालका महासचिव जनक राई, मुन्धुम अध्येता पुर्खाहरु गडुलमान राई र दिलबहादुर राईले प्रशिक्षण गराएका थिए। 

प्रशिक्षणमा बेलायतका विभिन्न क्षेत्रमा बस्ने झन्डै एक सय किरात राईहरु भर्चुअल माध्यमबाट सहभागी थिए । सहभागीमध्ये कतिपय युवा र किशोर किशोरी पनि थिए ।  

किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा नेपालका महासचिव जनक राईले शुभकामना दिएका थिए ।  

प्रशिक्षणमा गर्भ, जन्म र शुभकार्य, सुप्तुलु/ सुप्तुलुंग (चुला) र मृत्‍यु जस्ता मानव जीवनको जन्मदेखि मृत्‍युसम्मका संस्कारबारे जानकारी गराइएको थियो ।  

कार्यक्रम संयोजक तथा किराया बेलायतका उपाध्यक्ष मेजर योगेश राईले प्रशिक्षण उपलब्धिपूर्ण बनेको बताए ।  

‘हाम्रो आफ्नो मौलिक परम्परा र संस्कारबारे बुझ्नैपर्ने कयौं कुरा जानकारहरुले सिकाउने, बुझाउने गर्नुभयो ।यसबारे थोरै ज्ञान राख्ने युवाहरुका लागि कार्यक्रम झन् प्रभावकारी बन्यो’, उनले भने ।  

कार्यक्रमको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् : 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू