शनिबार, वैशाख १५, २०८१
03:35 | ०८:२०

बेलायतमा कोरोनाबाट नौ महिना यताकै कम एकको मात्र मृत्यु

नेपाली लिङ्क मे ३, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या गतवर्ष अगष्ट ३० पछिकै पहिलोपल्ट सबैभन्दा कम भएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक जनाको मात्र ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन १४ जना संक्रमितको मृत्यु भएको थियो ।

बेलायतमा कोरोनाबाट हालसम्म एक लाख २७ हजार ५३९ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ६४९ जना संक्रमित भएका छन् । यससंगै बेलायातमा कोरोना संक्रमितको संख्या ४४ लाख २१ हजार ८५०  पुगेको छ ।

बेलायतमा  हाल सक्रिय संक्रमितको संख्या ७० हजार ४५० छ भने ४२ लाख २३ हजार ८६१ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

सोहि तथ्यांक अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३२ लाख २१ हजार नाघेको छ ।

कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख २० हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख ११  हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू