बिहीबार, वैशाख १३, २०८१
18:52 | २३:३७

इन्सोफन यूकेद्वारा म्यानमारमा हत्या र सैनिक दमनको निन्दा

नेपाली लिङ्क मे २, २०२१

तस्बिर- एएफपी

लन्डन — अन्तर्राष्ट्रिय नेपाल ऐक्यबद्धता समूह (इन्सोफन) यूकेले म्यानमारमा निशस्त्र सर्वसाधारणमाथि सैनिक सरकारको नृशंस दमन तथा हत्याको निन्दा गर्दै जति सक्दो चांडो जननिर्वाचित सरकार पुनर्बहाली गर्न माग गरेको छ ।

आइतबार जारी एक विज्ञप्तिमा उक्त समूहले प्रजातन्त्रवादी मुलुकहरुलाई म्यानमारमा नेशनल लिग फर डेमोक्रेसी पार्टीले गठन गरेको राष्ट्रिय एकताको सरकारलाई मान्यता दिन पनि आग्रह गरेको छ । 

इन्सोफन युकेले गत २४ अप्रिलमा दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन (आसियन) का सदस्य राष्ट्रहरु तथा म्यानमारको सेना प्रमुख जनरल मिन अंग ल्यांगबीच हिंसा रोक्न, सबै सम्वद्ध पक्षबीच वार्ता शुरु गर्न र आसियनको एक दूत नियुक्त गर्ने निर्णय तत्काल लागू गर्न माग गरेको छ। 

“हामी प्रजातन्त्रका लागि लडिरहेका म्यान्मारका जनताकाप्रति आफ्नो ऐक्यबद्धता जाहेर गर्दछौं। यसै वर्ष १ फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हातमा लिए यता सेनाको असंवैधानिक तथा लोकतान्त्रिक कदमको विरोध गरिरहेका नेपाली भाषी लगायत सैयौं जनताको सेनाले हत्या गरिसकेको छ र अरु कैयौंलाई थुनामा राखेको छ । हामी अन्तर्राष्ट्रिय समुदायलाई मानव अधिकारको उल्लङ्घनका लागि म्यान्मारको सेनालाई जिम्मेवार ठहरयाउँदै सर्वसाधारणको बांच्न पाउने अधिकार सुरक्षित गर्न आह्वान गर्दछौं,” इन्सोफन यूकेका संयोजक डा. कृष्ण उपाध्यायले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू