शुक्रबार, वैशाख १४, २०८१
04:54 | ०९:३९

ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु

रासस/सिन्ह्वा अप्रिल २८, २०२१

तस्बिर एपी

साओ पाओलो, १५ वैशाख– ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ संक्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ संक्रमणमा परेका यहाँका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।

योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी, सोही अवधिमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी, सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू