सोमबार, वैशाख ३१, २०८१
09:23 | १४:०८

कीर्तिमानी जीतसँगै नेपाललाई टी-२० सिरिजको उपाधि, भुर्तेल उत्कृष्ट खेलाडी

नेपाली लिङ्क अप्रिल २४, २०२१

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो 

नेपाललाई उपाधि जिताउने खेलमा कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको ब्याटिङ महत्वपूर्ण रह्यो ।  

शुरुवाती ब्याटिङ गरेको नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्स १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रनमै समेटियो ।

नेपालले नेदरल्याण्ड्समाथि निकालेको १४२ रनको जित नेपालको लागि टी-२० अन्तराष्ट्रियमा सबैभन्दा फराकिलो अन्तरको जीत हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले हराएको थियो ।

यो उपाधि नेपालले घरेलु मैदानमै जितेको ११ वर्षपछिकै पहिलो पनि हो । सन् २०१० मा आईसीसी डिभिजन फाइभको उपाधि जितेयता नेपालले घरेलु मैदानमै कुनै अन्तरराष्ट्रिय उपाधि जित्न सकेको थिएन ।

नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् । पाँच खेलमा चार अर्धशतकसहित कूल २७८ रन बनाएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् ।   

त्रिकोणत्मक टी २० सिरिज क्रिकेटमा विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई ट्रफी प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललगायत । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले नेदरल्याडसलाई पराजित गरेको हो । तस्वीर- रोशन सापकोटा, रासस

प्लेयर अफ दि सिरिज भएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप गरे । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाएका थिए  

भुर्तेल एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अर्धशतक बनाउने कीर्तिमानसमेत बनाए ।

यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बनेका छन् । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए  । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू