बिहीबार, वैशाख ६, २०८१
05:01 | ०९:४६

लण्डनस्थित मानवअधिकारकर्मी उपाध्यायको अंग्रेजी उपन्यास प्रकाशित

नेपाली लिङ्क अप्रिल २१, २०२१


लन्डन –मानवअधिकारकर्मी डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भ जोड्दै ‘दि गोस्ट्स इन द हिल्स’ नामक उपन्यास प्रकाशित गरेका छन् ।

उक्त पुस्तकको किण्डल संस्करण र पुस्तक अमेजनमार्फत बजारमा उपलब्ध छ ।

एकजना दलित बालिकाको साहसिक यात्राको वर्णन गरिएको उक्त उपन्यास नेपाली ग्रामिण समाजमा द्वन्द्व कसरी शुरु भएको थियो भन्ने कथामा आधारित छ।

दाङको थारु समाजबाट शुरु भएको कथामा जानकी नाम गरेकी बालिकाको रोचक यात्राका साथै युद्ध र विद्रोहको कथा समेटिएको छ । ‘राज्य विरुद्ध सशस्त्र युद्धमा होमिएकी ती  बालिकाको युद्धका मर्म बिर्सनेहरु विरुद्ध नै अर्को विद्रोहको कथा पनि हो यो’-उपन्यासकार उपाध्यायले भने।

नेपालको माओवादी सशस्त्र द्वन्द्वबारे लेखिएको उक्त पहिलो अंग्रेजी उपन्यासमा उपाध्यायले नेपाली समाजमा कायम विभेद र अत्याचारको गहिरोसंग चित्रण गरेका छन् भने कतिपय विभेद विरुद्धको लडाईं निकै पेचिलो र अप्ठ्यारो भएको तथ्यलाई पनि उजागर गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू