बिहीबार, वैशाख १३, २०८१
21:01 | ०१:४६

बेलायती महारानी ९५ औं वर्षमा

पतिको शोकमा विशेष कार्यक्रम नहुने

नेपाली लिङ्क अप्रिल २१, २०२१

लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीया ९५ औं वर्ष प्रवेश गरेकी छन् ।  

झन्डै दुई साताअघि मात्रै निधन भएका पतिको शोक मनाइरहेका कारण महारानीको ९५ औं जन्मोत्सवमा कुनै विशेष कार्यक्रम भने नगरिने भएको छ ।  

७३ वर्षअघि वैवाहिक बन्धनमा बांधिएकी महारानीका पति राजकुमार फिलिपको गत अप्रिल ९ तारिखका दिन ९९ वर्षको उमेरमा निधन भएको थियो ।  

विगतका जन्मदिनहरुमा महारानीका विशेष तस्विरहरु सार्वजनिक गरिने परम्पराले पनि यस वर्ष राजकुमार फिलिपको शोककै कारण निरन्तरता नपाउने भएको छ ।  

बुधबार जन्मदिनको दिनमा महारानी परिवारका निकट सदस्य र सहयोगीहरुकै साथ विन्ड्सोर क्यासलस्थित आफ्नो निवासमै रहनेछिन् ।  

बेलायती महारानीको जन्मदिन औपचारिक रुपमा भने जुन महिनामा मनाउने गरिन्छ ।  

सन् १९२६ अप्रिल २१ मा जन्मिएकी महारानी एलिजावेथ सन् १९५३ जुन २ देखि बेलायतको राजगद्धीमा छन् । विश्वमै अहिलेसम्मकै सबैभन्दा लामो समय राजगद्धीमा रहने ‘रेकर्ड’ उनकै नाममा बनिसकेको छ ।  

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महारानी एलिजावेथलाई ९५ औं जन्मदिनको शुभकामना दिंदै देशका लागि उनले गरेको सेवा र योगदानको आफूले सधैं उच्च मुल्यांकन गर्दै आएको उल्लेख गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू