मंगलबार, वैशाख ११, २०८१
11:55 | १६:४०

नेपाली अर्ना बियरलाई लण्डनमा अवार्ड

रजत र काश्य पदक प्राप्त

नेपाली लिङ्क अप्रिल २१, २०२१

मध्यपान स्वास्थ्यको लागि हानिकारक छ

लन्डन–लन्डनमा आयोजित ‘लण्डन बियर कम्पिटिशन २०२१’ मा नेपालको अर्ना बियरले दुई उपाधि जित्न सफल भएको छ ।

मार्च दोस्रो साता आयोजित  प्रतियोगितामा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हात पारेको ‘लण्डन बियर कम्पिटिशन’ को वेबसाइटमा उल्लेख छ ।

यति ब्रुअरी प्रालिको उत्पादन अर्ना ८ र अर्ना लाइट बियरले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी अवार्ड जितेको हो । प्रतियोगितामा अर्ना ८ ले सयमा ८५ अंक र अर्ना लाइटले ७२ अंक प्राप्त गरेको थियो ।

बियरको गुणस्तर, उपयोगिता र प्याकेजिङका आधारमा उच्च अंक प्राप्त गरेर अर्ना बियरले अवार्ड जितेको हो । अन्तरराष्ट्रिय अवार्ड जित्ने नेपाली ब्रान्डको अर्ना बियर पहिलो बन्न सफल भएको बताइएको छ ।

उपभोक्ताको सम्मान र उत्सव मनाउने उद्देश्यले लण्ड बियर कम्पिटिशन गरिएको आयोजकले जनाएको छ ।

निर्णायकहरुले विभिन्न नयाँ तथा पुन: खोज गरिएका शैलीहरूको विभिन्न बिधामा मुल्याङ्कन गरी विजेता घोषणा गरेका थिए । निर्णायक मण्डलमा विभिन्न क्षेत्रका १६ जना व्यक्ति थिए ।

लण्डन बियर प्रतिस्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवं उपभोक्ता तथा अन्य सहभागीहरू लगायतको रोजाइको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

उक्त प्रतियोगितामा १५ ओटा कम्पनीलाई गोल्ड वीनर्स घोषणा गरिएको थियो । गोल्ड वीनर्समा ९६ देखि ९० पोइन्ट प्राप्त गर्नेहरुलाई समावेश गरिएको छ ।

फ्रान्सको बियर कम्पनीले सबैभन्दा बढी ९६ अंक प्राप्त गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू