शुक्रबार, वैशाख १४, २०८१
03:46 | ०८:३१

भारत पनि बेलायतको ‘रेड लिष्ट’ मा, शुक्रबारदेखि यात्रा प्रतिवन्ध

नेपाली लिङ्क अप्रिल १९, २०२१

लन्डन । बेलायतले भारतलाई पनि आफ्नो ‘रेड लिष्ट’ मा राखेको छ । यही शुक्रबार बिहान ४ बजेदेखि लागू हुने गरी भारतलाई ‘रेड लिष्ट’ मा राखिएको बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पुष्टि गरे ।  

‘रेड लिष्ट’ मा परेसंगै पछिल्लो १० दिनमा भारतको यात्रा गरेका यात्रुहरुलाई बेलायत प्रवेशमा रोक लगाइनेछ ।  

बेलायती नागरिक वा बेलायतको ‘रेसिडेन्स पर्मिट’ हुनेहरुलाई यात्रा बन्देजको नियम लागू हुनेछैन । तर उनीहरुले पनि अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिन् बस्नुपर्नेछ । होटेल क्वारेन्टिनका लागि लाग्ने साढे १७ सय पाउन्डको खर्च समेत यात्रु आफैंले व्यहोर्नुपर्नेछ ।  

नयाँ नियम भारतबाट आउने मात्र नभइ भारत हुँदै आउने यात्रुहरुलाई पनि लागू हुनेछ । जसको प्रतक्ष्य असर नेपालबाट आउने यात्रुलाई पनि पर्ने निश्चित छ ।  

कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा यसअघि नै करिब ४० देश समावेश छन् ।  

उक्त लिष्टमा दक्षिण एशियाका पाकिस्तान र बंगलादेशसहितका मुलुक यसअघि नै परेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू