बुधबार, वैशाख १२, २०८१
10:24 | १५:०९

साझा नेपाली समाज यूकेमा नयाँ नेतृत्व, कृष्णप्रसाद शर्मा अध्यक्ष

नेपाली लिङ्क अप्रिल १९, २०२१

लन्डन । बेलायतको मिडल्यान्ड क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्था ‘साझा नेपाली समाज यूके’ मा नयाँ नेतृत्व आएको छ ।  

सोमबार सम्पन्न संस्थाको पाँचौं अधिवेशनले वुल्भरह्याम्प्टनका कृष्णप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष निर्वाचित शर्मा हाम्रो नेपाली समाज वुल्भरह्याम्पटनका पूर्व अध्यक्ष हुन् ।

समाजको नयाँ कार्यसमितिका तीन उपाध्यक्षमा प्रेम मगर (लेस्टर), कृष्ण खरेल (नटिङहम) र केशव खतिवडा (पिटरबरो) निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा रामप्रसाद पन्थी ( नटिङहम), सचिवमा हरि भट्टराई (डर्बी) र कोषाध्यक्षमा ऋषिप्रसाद सापकोटा (वुल्भरह्याम्पटन) आएका छन् ।  

कार्यसमितिको सदस्यमा लेस्टरबाट पुन्डरी अर्याल, पिटरबरोबाट सुदर्शन पराजुली, डर्बीबाट लालबहादुर क्षेत्री, नटिङहमबाट अर्चना हमाल र उपेन्द्र सापकोटा, ग्रान्थमबाट उपेन्द्र पौडेल र किशोरराज लामिछाने, कोभेन्ट्रीबाट प्रेमप्रसाद सापकोटा, वुल्भरह्याम्पटनवाट राज कंडेल र बर्मिङहमबाट सशांक शर्मा छन् ।  

नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । निर्वाचन समितिका संयोजक दिपक सापकोटाले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै नयाँ पदाधिकारीलाई शपथग्रहण गराएका थिए । 

दिपक सापकोटा (नटिङहम) को संयोजकत्वमा रहेको निर्वाचन समितिमा भिम खनाल (पिटरबरो), केदार शर्मा (डर्बी), शिव खराल (वुल्भरह्याम्पटन) र वरूण भण्डारी (लेस्टर) सदस्य थिए ।  

अधिवेशनले दयानिधि सापकोटा, रणबहादुर केसी, पवन शर्मा, गोमा पौडेल र महेश अधिकारीलाई संस्थाको ट्रस्टीमा नियुक्त गरेको छ । 

निवर्तमान कार्यसमितिका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको दोस्रो सत्रमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो ।  

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतको नेपाली समुदायमा मिडल्यान्डवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहंदै आएको उल्लेख गरिन् । पछिल्लो समय एनआरएनए अभियानमा समेत मिडल्यान्डले निभाइरहेको सक्रिय र सशक्त भूमिका आगामी दिनमा निरन्तर रहने उनको विश्वास थियो ।  

उक्त अवसरमा एनआरएनए यूके उपाध्यक्षहरु प्रेम गाहामगर र रोजिना प्रधान राई, महासचिव फडिन्द्र भट्टराई, सचिव कोशलेश्वर ढकाल, आइसीसी सदस्य दयानिधी सापकोटा, साझा नेपाली समाज यूकेका संस्थापक अध्यक्ष रण केसी र पूर्व अध्यक्ष राजु कंडेल, जनसम्पर्क समिति यूकेका महामन्त्री केशव भण्डारी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

निवर्तमान कार्यसमितिका अध्यक्ष महेश अधिकारीले आफ्नो कार्यकालमा विभिन्न रुपमा सहयोग पुर्याउने मिडल्यान्डस्थित सम्पूर्ण संघसंस्था, सामाजिक अभियन्ता एवम् समाजका सल्लाहकार र कार्यसमितिका सबै पदाधिकारीप्रति धन्यवाद ज्ञापन गरे ।  

अधिवेशनको शुरुमा निवर्तमान समितिका वरिष्ठ उपाध्यक्ष नारायण  फुँयालले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम संचालन महासचिव मिलन सापकोटाले गरेका थिए ।  

सन् २०१२ मा स्थापित ‘साझा नेपाली समाज यूके’ मा मिडल्यान्डका लेस्टर, नटिङहम, पिटरबरो, वुल्भरह्याम्पटन, डर्बी, ग्रान्थम, कोभेन्ट्री लगायतका क्षेत्रमा बस्ने नेपालीहरुको संलग्नता छ । मिडल्यान्डका सबै क्षेत्रस्थित स्थानीय नेपाली समाजहरु साझामा आबद्ध छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू