शनिबार, जेठ १, २०७८
13:19 | १८:०४

राजकुमार फिलिपको सम्मानमा बेलायतका नेपालीले गरे अन्त्येष्टि र शवयात्रा

नेपाली लिङ्क अप्रिल १८, २०२१

लन्डन । हालै निधन भएका बेलायती महारानीका पति राजकुमार फिलिपप्रति बेलायतवासी नेपालीले श्रद्धासुमन व्यक्त गरेका छन् ।  

बेलायतको स्वीण्डन क्षेत्रमा बस्ने नेपालीहरुले स्वर्गीय राजकुमारको सम्मानमा शवयात्रा र अन्त्येष्टि नै गरेका छन् ।  

शनिबार अपरान्ह विन्सोर क्यासलमा राजकुमार फिलिपको अन्त्येष्टि भइरहंदा वील्शायर नेपाली समाज, स्वीण्डनले पनि सम्मानस्वरुप अन्त्येष्टि कार्यक्रम गर्‍यो ।

स्थानीय बर्कहर्स्ट कम्युनिटी सेन्टरमा शवयात्रासहित अन्त्येष्टि कार्यक्रम गरिएको थियो । त्यसअवसरमा पाइपरले शोक धुन बजाएर सम्मान समेत व्यक्त गरे ।  

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले राजकुमार फिलिपले पुरयाएको योगदानप्रति सम्मान व्यक्त गर्न अन्त्येष्टि कार्यक्रम नै राखिएको बताए ।  

स्वर्गीय राजकुमार फिलिपले महारानी एलिजावेथ द्वितियाको सल्लाहकार र सहयोगीको रुपमा निभाएको अब्बल भूमिका, दोश्रो विश्वयुद्धमा जनाएको सुझबुझपुर्ण सहभागिता र कौशल, विश्वकै वन्यजन्तु तथा वातावरण संरक्षणमा पुर्‍याएको महत्वपूर्ण योगदान र राजपरिवारको अभिभावकको रुपमा निर्वाह गरेको भूमिकालगायतका योगदान स्मरण गरिएको अध्यक्ष गुरुङले जनाए ।  

उनले कार्यक्रममा महत्वपूर्ण सहयोग गर्ने संस्थाका पदाधिकारी, पाइपर देवीबहादुर सुनुवारका साथै विशेष भूमिका निभाउने आयुषा गुरुङ र रिबेका गुरुङलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू