बिहीबार, वैशाख १३, २०८१
08:29 | १३:१४

पारिजातको स्मृति कार्यक्रममा राजदूत रेग्मीको स्वागत

नेपाली लिङ्क अप्रिल १७, २०२१


लण्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाले ८४ औं पारिजात जयन्तिको उपलक्ष्यमा एक साहित्यिक कार्यक्रम गरेको छ ।

१७ अप्रिल शनिबार आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको स्वागत तथा नेपाली नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान गर्दै साहित्यिक कार्यक्रम गरिएको हो । 

अध्यक्ष लाराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मीले राजदूतावास बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुको साझा घर हो भन्दै त्यहाँ सबैलाई स्वागत गरिने बताए । साहित्यले समाजलाई सही मार्ग निर्दिष्ट गर्ने भएकाले साहित्यकारहरु समाजमा सधैं सम्मानित हुने उनको धारणा थियो । 

विशेष अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमी, पूर्व अध्यक्ष तथा प्राज्ञ लक्ष्मी मालीले पारिजातसंगको विविध अनुभूति तथा पारिजात स्मृति केन्द्रबारे आफ्ना मन्तव्य राखे ।  

अर्की अतिथि वक्ता बचेरावासकी संचालिका आमा इन्दिरा राना मगरले पारिजात एक साहित्यकारमात्र नभई समाजसेवी तथा मानव अधिकारवादी समेत भएको बताइन् । 

अतिथि स्रष्टा शरद प्रधानले पारिजातको लेखन तथा विविध पक्षहरुको सन्दर्भ जोड्दै पारिजात एक विशाल व्यक्तित्व भएको जनाए । 


संस्थाका सल्लाहकार डा. रुपक श्रेष्ठ तथा भरत लोहोरुङको संयोजनमा भएको उक्त कार्यक्रम सचिव मन्जु भण्डारीले सञ्चालन गरेकी थिइन् । 

संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुमल कुमार गुरुङले कविता, गजल तथा मुक्तक प्रस्तुत गरे भने नानु राना, अहिल्या कुँवर, मुकेश राई, नृपेश उप्रेती, माया गुरुङ, सारा गुरुङ, वासु शर्मा, गोमा राना, मोहन आचार्य ‘जलद’, शान्ति सुब्बा, लिला सेलिङ, सेमन्त वालाक्पा राई, भरत लोहोरुङ राई, सचिन गुरुङ, राज श्रेष्ठ, कल्पना त्रिपाठी, मन्जु भण्डारी, स्नेह सायमी, लक्ष्मी माली, प्रतिमा केसी, विनोद अधीकारी लगायत दुई दर्जन श्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू