शुक्रबार, वैशाख १४, २०८१
00:26 | ०५:११

बेलायतका नेपाली साहित्यकारले संग्रौलालाई दिए ४ लाखको ‘पहिचान पुरस्कार’

नेपाली लिङ्क अप्रिल १७, २०२१


लन्डन । लेखक, समालोचक तथा सामाजिक न्यायिक अभियन्ता खगेन्द्र संग्रौला ४ लाख दुई हजार दुई रूपैयाँसहित तामपत्रले सम्मानित भएका छन् । संग्रौलालाई पहिचान पुरस्कार कोषले शनिबार काठमाडौंमा एक कार्यक्रमबीच ‘पहिचान सम्मान २०७७’ बाट सम्मानित गरेको हो ।

कार्यक्रममा नरेश काङमाङ राई, रामकुमारी झाँक्री र अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गरेका थिए ।

लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुरयाएको भन्दै संग्रौलालाई सम्मान गरिएको कोषले जनाएको छ ।

कोषले संग्रौलालाई सदियौंदेखि उत्पीडनमा परेका आदिवासी, जनजाति, दलित तथा सिमान्तकृत समुदायका आवाजहरु बुलन्द रुपमा उठाउंदै राज्यसत्तालाई सदैव खवरदारी गरिरहने प्रगतिशील अभियन्ता भनेको छ ।

उक्त कोष बेलायतका नेपाली साहित्यकारहरुले स्थापना गरेका हुन् । वि.स. २०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुरयाउने लेखकलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

कार्यक्रममा वैरागी काइला उपस्थित नभए पनि उनले अडियो सम्बोधन गर्दै संग्रौलाका बारेमा बोलेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू